धनगढी
सुदूरपश्चिमका चर्चित कविहरू कृष्ण सिंह पेला, हेमन्त विवश, तारा पल्लवी, लोकराज भट्ट र तभिशा खत्रीले शुक्रबार धनगढीमा प्रभावशाली कविता सुनाए। साङ्गीतिक धुनसँगै कविता सुन्दा दर्शक तथा स्रोताले ‘वान्स मोर’ भनेका थिए। युक्तित प्रोडक्सनको आयोजनामा स्थानीय ‘वैभव प्यालेस’ मा आयोजित ‘शब्दास्त्र’ कार्यक्रममा साहित्य र सङ्गीतको मिठो संयोजन गरिएको थियो।
हेमन्त विवश
विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘शब्दास्त्र’ कला र साहित्यप्रेमीका लागि एउटा प्रभावशाली मञ्चका रूपमा स्थापित भइसकेको छ। यस क्रार्यक्रमका परिकलप्नाकार प्रोडक्सनका सञ्चालक संजीव रावल हुन्।
‘शब्दास्त्र’ कार्यक्रममा कृष्ण सिंह पेला, हेमन्त विवश, तारा पल्लवी, लोकराज भट्ट र तभिशा खत्रीले प्रभावशाली कविता सुनाए भने विक्रम पार्की र आयुष चन्दले गीत गाएर सबैको मन जिते।
‘साहित्यलाई समायनुकुल नयाँ शैली, प्रस्तुति र सोचसँग जोडेर नयाँ पुस्तासमक्ष पस्किन सकियो भने यसले पनि व्यावसायिक सम्भावना र व्यापक पहुँच पाउन सक्छ भन्ने विश्वासका साथ कार्यक्रम गरिएको रावल बताउँछन्।
कार्यक्रमको मूल उद्देश्य पुराना सर्जकहरूको सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्नु, साहित्यलाई आधुनिक मञ्चीय स्वरूप दिनु र नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नु रहेको उनले बतनाए।
लोकराज भट्ट
शब्दास्त्र कार्यक्रममा रेशम श्रेष्ठले बाँसुरी र नारायण चौधरीले गितारको धनु पस्किएका थिए। त्यसैगरि विक्रम पार्की र आयुष चन्दको गायनले दर्शकलाई मन्त्रमुुग्ध बनाएको थियो।
साहित्यलाई केवल पढिने विधाबाट मञ्चमा अनुभूति गर्न सकिने कलामा रूपान्तरण गर्ने आयोजकको प्रयासको प्रशंसा गरिएको छ।
तारा पल्लवी
तभिशा खत्री
आयुष चन्द
विक्रम पार्की
नारायण चौधरी
रेशम श्रेष्ठ
