काठमाडौं |
सामाजिक अभियन्ता एवम् गीतकार सुशिला भुजेलले रचना गरेको ‘गयो गयो उमेर, बाँचौं रमेर’ गीतको म्युजिक भिडियो शनिबार काठमाडौंमा प्रिमियर गरिएको छ। चर्चित निर्देशक रवी सायमीको निर्देशनमा यसको निर्माण गरिएको हो।
निर्देशक रवी सायमी
नेपालमा विदेशीएका सन्तती सम्झेर बुढेसकाल विताउनुपर्ने बाध्यता छ। यस गीतमा लक्ष्मी भुजेल महर्जनले मिठो स्वर दिएकी छिन् भने सङ्गीतकार शिव शाही हुन्। भिडियोमा लोकप्रिय कलाकारहरू मिथिला शर्मा र कृष्णभक्त महर्जनलगायतले अभिनय गरेका छन्। त्यसैगरी अर्जुन रंजित, जितेन्द्रमान जोशी, नुह्छे महर्जन, सुशिला भुजेल, लक्ष्मी भुजेल महर्जन, सविना महर्जन, उर्मिला जोशी, सिर्जना मानन्धर, लिला कट्टेल, जिब्सनमान जोशी, वीना जोशी, निरज अंशु प्रधान, चन्द्रमान श्रेष्ठ, रमेश श्रेष्ठ र राहुल थापाले अभिनय गरेका छन्।
कलाकार मिथिला शर्माका साथमा निर्देशक रवी सायमी
म्युजिक भिडियोमा सुशिला भुजेल र लक्ष्मी भुजेल महर्जनले लगानी गरेका हुन्। ड्रोन र सिनेमेटोग्राफर प्रसन्न महर्जन, डि.ओ.पी. भवानी शिलाकार, मेकअप आर्टिस्ट प्रिया कार्की र असिस्टेन्ड डाइरेक्टर मदन भुजेल छन्। वाइल्ड बुल्स प्रोडक्सन प्रा.लि.ले पोस्ट प्रोडक्सन काम गरेको हो। फर्पिङस्थित नेपालकै पहिलो जलविद्युत गृहको सेरोफेरोमा गीतको छायाङ्कन गरिएको हो।
