सिन्धुपाल्चोक
स्वास्थ्यवद्र्धक हाइकिङ अभियान चलाउँदै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्ना सदस्यहरूलाई शनिबार सिन्धुपाल्चोकको भोटेचौरमा पदयात्रा गराएको छ। हाइकिङको प्रमुख गन्तव्य थियो, मेलम्ची नगरपालिका वडा नं. २ मा अवस्थित ‘एभरेस्ट टि गार्डेन’ ।

उनीहरू सातदोबाटोस्थित निरागेधामबाट गाडीमा भोटेचौर प्रहरी चौकीसम्म पुुगेका थिए। त्यहाँबाट भोटेचौर गाउँ छिचोलेर शिवपुरी नार्गाजुन राष्ट्रिय निकुुञ्जको मध्यवर्ति क्षेत्रमा हिँडाइयो।
हाइकर्सको नेतृत्व ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक एवम् योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक राम देवी महर्जनले गरेकी थिइन्। पदयात्रीहरू ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने स्वास्थ्यको मूलमन्त्र उच्चारण गर्दै हिँडेका थिए।
स्वास्थ्यको मूलमन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका पदयात्रीहरू जङ्गलको बाटोमा लहरै हिँडेका थिए। उनीहरूको नेतृत्व हाइकिङविज्ञ राम देवी महर्जनले गरेकी थिइन्।
हाइकिङविज्ञ राम देवी महर्जन
ठाउँठाउँमा पानी र फलफूल ब्रेक गर्दै उनीहरू तपचुुली (तपेश्वर) महादेव मन्दिर पुुगे। डाँडा (२,००० मिटर)मा महादेव र पाथीभरा देवीको मन्दिर बनाइएको छ।
तपचुली (२,००० मिटर)मा तपेश्वर महादेव
मन्दिर दर्शनपछि ओरालो झरेर उनीहरू चिया बगान पुुगे।

करिब १६ सय रोपनीमा फैलिएको छ, चिया बगान। यहाँ अर्थोडक्स चिया उत्पादन गरिन्छ। पछिल्ला केही वर्षदेखि भने बगान राम्रोसँग सञ्चालन भएको देखिएन। चियाका बोट काँटछाँट गरिएको छैन। झाडीले ढाकेको छ।
यद्यपि हरियाली वातावरणमा पदयात्री रमाए। उनीहरूले तस्बिर खिचे, टिकटक बनाए। रमाए।

शनिबार र अन्य बिदाका दिनमा यहाँ विकेन्ड मनाउनेको भिड लाग्छ। वरपर होटल तथा रेस्टुराँ खुलेका छन्।


चियाबारी घुमाएर हाइकर्सलाई बगानको फेदिमा रहेको पुुष्कर होटल एन्ड रिसोर्टमा तीन बराबर आहार (एक भाग भात, एक भाग साग र ब्रोकाउलीको तरकारी र सलाद) खुवाइयो।

खानापछि ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी संस्थाकी सचिव राम देवी महर्जनले पदयात्री माझ अन्तरक्रिया गराइन्। उनले निरोगी रहन उचित आहार, विहार र विचार अपनाउनुपर्नेमा जोड दिइन्। त्यसपछि केही पदयात्रीका अनुुभव सुुनाइन्। अन्तिममा उनले एउटा स्वास्थ्यवद्र्धक गीत गाइन्। गीतको धुनमा पदयात्री छम्छमी नाचे।

नाचगानपछि उनीहरूलाई जैसीगाउँ हुँदै भोटेचौर बजारसम्म हिँडाइयो। मौसम खुलेका बेलामा यस पदमार्गबाट गणेश, दोर्जेलाक्पा, लाङटाङ र गौरीशंकर हिमालको लामो लर्कन देख्न सकिन्छ। शनिबार भने मौसम खुलेको थिएन।

‘हामीले करिब १२ किलोमिटर पदयात्रा ग¥यौं’, हाइकिङविज्ञ महर्जनले एभरेस्ट पेडियासँग भनिन्।
स्मरणीय छ, संस्थाको हाइकिङमा जंक फुड, फास्टफुड र मदिरा निषेध हुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। पदयात्रामा प्रकृतिमैत्री भएर निरोगी जीवन जिउने कला सिकाइन्छ।
संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ भने बेलाबेलामा स्वास्थ्य सम्बन्धी अन्य दुुई दर्जन भन्दा बढी कार्यक्रम सञ्चालन गर्दै आएको छ।










अनुभव सुनाउँदै सविता गैरे
अनुभव सुनाउँदै उत्तम विलास पन्त
अनुभव सुनाउँदै नेत्रप्रसाद थपलिया
अनुभव सुनाउँदै दालचिनी राना


हाइकर्स किशोर जोशी

पुष्कर होटल एन्ड रिसोर्टका सञ्चालक परशुराम र राधिका खतिवडा दम्पत्ती
हाइकर्स राजु पुडासैनी र हाइकिङविज्ञ राम देवी महर्जन
