विगतका प्रतिध्वनि हुन् पौराणिक कथाहरू ।
०००
वि. सं. २०८१ जेठ ३२ गते ।
अन्ततः ‘होटल मेलम्ची इन’ को कम्पाउन्ड छिरेपछि विश्राम पाउँछ मेरो सवारीले।
जहरसिंह पौवादेखि मेलम्चीसम्मको सडक कुनै कठिन परीक्षाभन्दा कम थिएन। दमको रोगी बूढो मान्छे खोकेझैँ इन्जिनबाट निस्कने एकनासको ‘घ्यार्र–घ्यार्र’ आवाजले मलाई हरक्षण सचेत गराइरहन्थ्यो। मोटरसाइकलका चक्काहरू धुलो, बालुवा र तीखा गिट्टीसँग जुध्दा मेरा पाखुराका नसाहरू त्यसै गरी कसिन्थे, जसरी मेरो हातले क्लच र ब्रेकलाई कसेको थियो। सवारी साधनलाई नियन्त्रणमा राख्ने त्यो निरन्तर सङ्घर्षमा म शारीरिक र मानसिक दुवै रूपमा थाकिसकेको थिएँ। साँच्चै, विश्रामको आवश्यकता त बाइकलाई भन्दा बढी मलाई पो रहेछ!
पर्यटनविज्ञ बोधराज भण्डारी र नियात्राकार राजेन्द्रमान डङ्गोल ।
राजधानीबाट प्रारम्भ भएको यात्रा जहरसिंह पौवा हुँदै बाघधारा (१,८०० मि.) पुगेर मेलम्ची बजार (८४० मि.) मा झरेको थियो। दूरी ४५ कि. मि. मात्र भए पनि काठमाडौँबाट धेरै टाढा आइपुगे झैँ लाग्ने!
“थकाइ लाग्यो कि ?” सहयात्री बोधराज भण्डारीको मन छाम्छु म।
“खासै छैन,” भन्छन् उनी।
उनी एक उत्साही यायावर हुन्। उत्साहले नै सकारात्मक मानसिकता विकास गर्छ भन्ने कुरामा उनी विश्वास गर्छन्। यात्राका कष्टभन्दा रमाइला पक्षहरूमा बढी ध्यान केन्द्रित गर्ने उनको बानी छ। यात्राको रोमाञ्चकतामा मोहित हुँदा थकान त आफैँ ओझेल पर्दो रहेछ। फेरि, उनीसँग एउटा असाधारण ऊर्जा छ। व्यावहारिक जीवन र व्यवसायको रथलाई समानान्तर रूपमा हाँकिरहेका उनी, जुनसुकै जटिलतालाई सहजतामा रूपान्तरण गर्ने ल्याकत राख्छन्।
बोधराजजीले सुनाएको यो फेसबुक ठट्टाले हामीलाई एकछिन त पेट मिचीमिची हँसायो। साँच्चै, जताततै उम्रेका यी कङ्क्रिटका ‘अट्टालिका’हरूले हाम्रो समृद्धिको कस्तो चित्र कोर्दैछन्?
मेलम्चीको उखरमाउलो गर्मीले निधारमा पसिनाका दाना सजाउन थाल्छ। जब असैह्य रापले सीमा नाघ्छ, तब हामी कोठा नं. ४०५ को शीतल शरणमा पुग्छौँ। एसीको चिसो र सुखद स्पर्शले थकित शरीरमा ऊर्जा सञ्चार गराउँछ। बाहिरको राप र भित्रको यो शीतलता— प्रकृतिको कठोरता र मानव निर्मित सुखबीचको सुन्दर विरोधाभास!
०००
“बङ्गालको मनसुने वायु झापाको टावरमा ठोक्किएर फर्कियो रे!”
बोधराजजीले सुनाएको यो फेसबुक ठट्टाले हामीलाई एकछिन त पेट मिचीमिची हँसायो। साँच्चै, जताततै उम्रेका यी कङ्क्रिटका ‘अट्टालिका’हरूले हाम्रो समृद्धिको कस्तो चित्र कोर्दैछन्? एकातिर टावर बनाउन करोडौँ खन्याइन्छ, अर्कोतिर कर्णालीमा एउटा बलियो पुल नहुँदा खच्चरहरूले नदीको भेलमा फाल हाल्नुपर्छ। टावर बनाउनेहरूका तर्क आफ्नो ठाउँमा ठीक होला तर म भने ती अबोध प्राणीहरूको आँखामा देखिएको मृत्युको त्रास सम्झन्छु। निरर्थक संरचनामा खर्चिने पैसाले जनताको आधारभूत आवश्यकता पूरा हुन सक्थ्यो। मेलम्चीको उखरमाउलो गर्मीमा विकासको यो कुरुप रूप देख्दा मनभित्र एउटा विद्रोही आक्रोश सल्किँदो रहेछ।
०००
गलैँचा बिछ्याइए जस्तो देखिने हरियाली उपत्यका छिचोल्दै हामीले छाप भन्ज्याङ र ठाँटीगाउँ लगायतका बस्तीहरू पछाडि छोड्यौँ। हाम्रा सामु आकाश छिचोल्न खोज्ने पहाडका सजीव आकृतिहरू ठिङ्ग उभिएका थिए। तिनले मेरो जन्मभूमि कपास खोरिया वरपरको भौगोलिक सौन्दर्यको स्मृति ताजा गराइदिए। गुड्दै गर्दा बानियाँडाँडा, भालडाँडा, र ककनीका दृश्यहरू एक–एक गर्दै मेरा नजरसामु नाचिरहेका थिए।
सडक छेउछाउ खेल्दै गरेका अबोध बालबालिका, चौपारीमा बसेर शीतल वायु स्पर्श गरिरहेका बटुवा र किसानका दिनचर्याले पहाडी जीवनको जीवन्त चित्र कोर्थे। ती दृश्यहरूले हाम्रा आँखामात्र लोभ्याइरहेका थिएनन्, मनलाई समेत बिस्तारै शान्त तुल्याउँदै थिए। केटाकेटीहरूलाई देख्दा त आफ्नै धुले सडकमा बितेको बाल्यकाल मानसपटलमा झल्झली आइरह्यो।
राजेन्द्रमान डङ्गोल
ठाँटीगाउँका मकैबारीका पाटाहरू वर्षाको जीवनदायी स्पर्शका लागि अधीर प्रतीक्षामा थिए। बारीको डिलमा उभिइरहेका किसान घरी पात सुकिसकेका मकैका बेर्नातिर हेर्थे त घरी मेघमालाको मृगतृष्णामा आकाशतिर आँखा बिछ्याउँथे। मकैका कलिला बिरुवाहरूले वर्षाका लागि गरेको त्यो मौन प्रार्थना देख्दा मलाई निकै टिठ लागेर आयो। आकाशतिर हेर्दै पानीको पर्खाइमा रहेका ती किसान र ओइलाउँदै गरेका मकैका बोटहरूको त्यो दृश्य कुनै कारुणिक तस्वीरजस्तो लाग्थ्यो, जसले पहाडी जीवनको सङ्घर्ष र प्रकृतिको निर्ममतालाई एउटै फ्रेममा कैद गरेको थियो।
मोटरसाइकल हुइँक्याउँदै गर्दा सुक्खा धर्तीले आसन्न सङ्घर्षका कथाहरू फुसफुसाए झैँ लाग्थ्यो।
‘नुवाकोटतिर पनि पानी परेको छैन’ भन्ने सुनेको थिएँ। कदाचित् खडेरी लम्बिए हाम्रो के हालत होला? म सोचेरै चिन्तित बनेँथेँ।
०००
ओछ्यानको मखमली स्पर्शले बोधराजजीलाई तुरुन्तै लठ्याउँछ। मचाहिँ एउटा यस्तो तन्द्रामा पौडिन्छु, जहाँ मेलम्चीको राप बिस्तारै मत्थर हुँदै जान्छ र स्मृतिहरूले मलाई सिधै वज्रयोगिनीको फेदीमा पु¥याएर बिसौनी दिन्छन् !
“जाने हो त गुफाडाँडा ?” एकाबिहानै सोधनी गरेका थिए बोधराजजीले।
गुफाडाँडा– मैले नसुनेको नाम !
“कहाँ हो यो ?” सोधेँ।
“सिन्धुपाल्चोक ।”
ओछ्यानको मखमली स्पर्शले बोधराजजीलाई तुरुन्तै लठ्याउँछ। मचाहिँ एउटा यस्तो तन्द्रामा पौडिन्छु, जहाँ मेलम्चीको राप बिस्तारै मत्थर हुँदै जान्छ र स्मृतिहरूले मलाई सिधै वज्रयोगिनीको फेदीमा पु¥याएर बिसौनी दिन्छन्!
पोहोर सालदेखि नै बर्दिया जाने हाम्रो योजना थाती रहँदै आएको थियो। मलाई भने उतैतिर जान पाए हुन्थ्यो भन्ने लागिरहेथ्यो। हप्ता दिनअघि मात्र एउटा साहित्यिक कार्यक्रममा हेलम्बु गएका थियौँ। फेरि उतैतिर जाने कुरा गरे उनले। “अस्ति भर्खर गएको, फेरि जानु र ?” मेरो प्रतिक्रिया।
“जिल्ला एउटै भए पनि गुफाडाँडा फरक ठाउँ हो क्या ! सैलुङजस्तै छ रे”, भने उनले ।
अघिल्लो दिन काठमाडौँमा तापक्रम ३५.०३ डिग्री पुगेको थियो। सोचेँ– डाँडा भनेको डाँडा नै हो। एकछिन भने ‘नि शीतल महसुुस गर्न त पाइन्छ।
“कसरी जाने त गुफाडाँडा ?” मेरो जिज्ञासा।
“आज मेलम्ची बजारसम्म तपाईंको मोटर साइकलमा जाऔँ। भोलिका लागि जिप लिऔँला नि, हुन्न र?”
ठीक लाग्यो मलाई उनको विचार। प्राकृतिक दृश्यपानका लागि गाडीभन्दा मोटरसाइकल यात्रा नै बेस। फेरि मितव्ययिता पनि त अपनाउनै प¥यो!
“देन, लेटस् गो !” स्विकारोक्ति जनाएँ मैले।
यसरी बनेथ्यो योजना।
बिहान ८ः४५ तिर युगल भार बोकेर बत्तियो मेरो थोत्रो बाइक। पछाडि पर्दै गयो शहरको भिडभाड।
‘सँक्व’ को इपाटोल पुग्दा ९ः३० बजेथ्यो।
‘भौ ध्वाखाः’ र त्यहाँको चहलपहलले स्वागत ग¥यो हामीलाई।

प्राचीन नगरी हो– ‘सँक्व’। समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदाका लागि प्रख्यात छ यो नगर। नेपाल भाषामा ‘सँ’ भनेको ‘भोट’ र ‘क्व’ भनेको ‘मुनि’।
इतिहास भन्छ– ‘सँक्व’ मल्लकालमा काठमाडौँबाट भोट जाने प्रमुख नाका थियो। उति वेला ‘सँक्व’लाई भोटको नजिक मानिन्थ्यो। त्यसैले त भनियो– ‘सँक्व’। अर्को शब्दमा ‘सँदेयाक्वय्’ पनि भनिन्छ ‘सँक्व’लाई।
इतिहास भन्छ– ‘सँक्व’ मल्लकालमा काठमाडौँबाट भोट जाने प्रमुख नाका थियो। उति वेला ‘सँक्व’लाई भोटको नजिक मानिन्थ्यो। त्यसैले त भनियो– ‘सँक्व’। अर्को शब्दमा ‘सँदेयाक्वय्’ पनि भनिन्छ ‘सँक्व’लाई।
प्राचीन नगरको संरक्षण गर्ने पाँचवटा ढोकामध्येको एक हो ‘भौ ध्वाखाः’, जुन परम्परागत नेवारी वास्तुकलाको उल्लेखनीय उदाहरणमात्र नभई सँक्वको विरासत र सांस्कृतिक समृद्धिको प्रतीक पनि हो। यसको अगाडि उभिँदा लाग्यो, म कुनै काठको क्यानभासमा कुँदिएको इतिहास पढ्दैछु। ढोकामा कुँदिएका जटिल बुट्टाहरू, नागबेली आकारका कलाकृति र ढोकाको माथिल्लो भागमा रहेका संरक्षक आकृतिहरूले समयको पदचापलाई अझै थामेर राखेको भान हुन्छ। ढोकाको भव्यता अझै रहस्यमय देखिन्थ्यो घामको मधुरो किरण ठोक्किँदा।
नेपाल भाषामा ‘भौ’ को अर्थ बेहुली र ‘ध्वाखाः’ को अर्थ ढोका हुन्छ। ‘भौ ध्वाखाः’ अर्थात् बेहुली भित्र्याउने ढोका। मलाई थाहा भएसम्म सँक्व आउने पाहुनाहरूको स्वागत पनि यही ढोकामा गरिन्छ।
‘भौ ध्वाखाः’ को वास्तुशिल्पीय सौन्दर्य, जटिल विस्तृतीकरण र दृश्यसद्भावले मलाई तान्यो। ख्याल सुन्दर लाग्दैनन्– ढोकाको माथिल्लो भागका मूर्तिकला, संरक्षकको प्रतीकका आकृति, पवित्र आँखा र प्रतीक।
‘भौ ध्वाखाः’ प्रवेशद्वारमात्र होइन; यसले ‘सँक्व’को भव्यता, सांस्कृतिक महत्व र नगरको प्राचीन कथा बताउँछ।
भौ ध्वाखाःको दाँयाबायाँ पोखरी छन्। ती पोखरीलाई कलशको प्रतीक मानिन्छन्। बिछट्टै कलात्मक छ– कलशले स्वागत गरेको आकारमा बनाइएको भौ ध्वाखाः।
भौ ध्वाखाःमै भेटिए स्थानीय सुनिल श्रेष्ठ। मजस्तै गहुँगोरो वर्णका र मिलनसार लाग्छन् उनी। त्यसैले पनि उनीसँग अघि बढ्यो संवाद।

“हाम्रा छोरीहरूको बिहेमा सुनटोलको ‘म्ह्यामचा ध्वाखाः’ बाट बिदाइ गरिन्छ। सँक्वको धुँल्लाटोलमा छ– ‘द्यः ध्वाखाः’ अर्थात् भगवान् भित्र्याउने ढोका। वज्रयोगिनी जात्रामा वज्रयोगिनी देवीलाई यही ढोकाबाट सहर भित्र्याउने गरिन्छ। साँखुको शालिनदीमा एक महिनासम्म पूजा चल्छ। त्यो वेला माधवनारायणलाई दैनिक रूपमा साँखु नगर परिक्रमा गराइन्छ। माधव नारायणको मूर्तिलाई नगर प्रवेश गराई फिर्ता ल्याउन चलाखु टोलमा रहेको माधवनारायण ध्वाखाः प्रयोग गरिन्छ” भने उनले।
“हाम्रा पुर्खाहरू सांस्कृतिक र धार्मिक मान्यतालाई कडाइका साथ पालना गर्थे। नगरभित्र शव ल्याउन निषेध गर्नुको कारण मृत्युले अशुद्धता र दुर्भाग्य ल्याउन सक्छ भन्ने थियो होला। पवित्र स्थान भएकाले यसको आध्यात्मिक शुद्धता र सद्भावलाई जोगाउन त्यसो गरिएको हुनुपर्छ।”
उनी बोलिरहे, हामी सुनिरह्यौँ। उनले थपे– “साँखुभित्र कसैको मृत्यु भयो भने साल्खा टोलको सिध्वाखाः हुँदै चिहान लाने चलन छ।”
उनका अनुसार प्राचीन वस्तीबाहिर कसैको मृत्यु भएमा शवलाई साँखु नगरमा प्रवेश नगराउने चलन थियो !
“त्यस्तो निषेध किन होला ?” सोधेँ।
समयको कालखण्डसँगै भौतिक संरचना मात्र होइन, नगरको मौलिक नामसमेत लोप हुने क्रममा छ। नेपाल भाषामा ‘सँक्व’ भनिए तापनि धेरैजसो विदेशी इतिहासकार तथा मानवशास्त्रीहरूले आफ्नो सहजताका लागि यसलाई ‘साँखु’ लेखिदिए र बिस्तारै नेपाली जनजिब्रोमा पनि त्यही अपभ्रंश नाम नै बस्न गयो।
उनले भने– “हाम्रा पुर्खाहरू सांस्कृतिक र धार्मिक मान्यतालाई कडाइका साथ पालना गर्थे। नगरभित्र शव ल्याउन निषेध गर्नुको कारण मृत्युले अशुद्धता र दुर्भाग्य ल्याउन सक्छ भन्ने थियो होला। पवित्र स्थान भएकाले यसको आध्यात्मिक शुद्धता र सद्भावलाई जोगाउन त्यसो गरिएको हुनुपर्छ।”

सँक्वको जीवन र मृत्युप्रति उनीहरूको धारणा झल्किन्छ यो अभ्यासले।
सुनिल श्रेष्ठले अगाडि भने– “लायकु ध्वाखाः (राजदरबार ढोका) र ‘तलेजु ध्वाखाः’जस्ता ढोका पनि थिए रे। समयको कालखण्डसँगै अहिले ती सबै लोप भइसके।”
मुखले त भनिनँ तर मेरो मनले चाहिँ भनेथ्यो– “धेरै कुरा लोप भइसकेका छन् नेपालमा ।”
समयको कालखण्डसँगै भौतिक संरचना मात्र होइन, नगरको मौलिक नामसमेत लोप हुने क्रममा छ। नेपाल भाषामा ‘सँक्व’ भनिए तापनि धेरैजसो विदेशी इतिहासकार तथा मानवशास्त्रीहरूले आफ्नो सहजताका लागि यसलाई ‘साँखु’ लेखिदिए र बिस्तारै नेपाली जनजिब्रोमा पनि त्यही अपभ्रंश नाम नै बस्न गयो।
हाम्रै इतिहासकार तुलसीराम वैद्यले ‘सँक्व’ को इतिहास र वास्तुकलाबारे निकै मिहिन ढङ्गले लेखेका छन्। तर, हामीमा आफ्नै प्राज्ञहरूले खोजेको सत्यभन्दा विदेशीले भनिदिएका कुरालाई बढी पत्याउने एउटा अनौठो स्वभाव छ। ती विदेशी लेखकहरूलाई नेपाल चिनाएकोमा धन्यवाद त दिनैपर्छ, तर उनीहरूको तत्कालीन औपनिवेशिक मनोवृत्ति र पूर्वाग्रहले हाम्रो मौलिक पहिचानमा पारेको प्रभावलाई नकार्न सकिँदैन।
सँक्वकै बाटो भएर केही पटक ओहोरदोहोर गरेपनि नगरभित्र छिरेको थिइनँ। आजै हो संयोग मिलेको।
प्राचीन मठमन्दिर, परम्परागत नेवारी वास्तुकला, जटिल रूपका नक्काशीदार काठका झ्याल र ईंट्टा बिछ्याइएका आँगन। बिछट्टै सुन्दर लाग्छन् ती। सँक्वभित्रको साँघुरा सडकहरूमा प्राचीन इतिहासको प्रतिध्वनि महसुस गर्न सकिन्छ। सहरमा देखिएका प्रत्येक स्थानीयले सँक्वको गौरवशाली विगतका कथाको साउती मारे झैँ भान भएथ्यो।

“सँक्व छिर्नु भनेको एउटा जीवित सङ्ग्रहालयमा पाइला टेक्नु हो” बोधराजजी बोले।
उनले पहिले नै पटक पटक टेकिसकेका थिए सँक्व। यहाँको संस्कृति र परम्परास्पर्श गरेका थुप्रै अनुभूति सुनाए उनले।
अगाडि बढ्दै गर्दा गल्ली छेवैमा भेटियो एउटा पोखरी। स्थानीय भाषामा ‘पुखु’ को अर्थ हुन्छ– पोखरी र ‘लाछी’ भनेको गल्ली। गल्लीछेउमा भएकाले पोखरीको नाम रह्यो– पुखुलाछी।
सुन्दर गहना हो– पोखरी र आफैँमा इतिहास पनि। स्थानीय संस्कृतिको त केन्द्रबिन्दु नै। घण्टाकर्ण चतुर्दशीका दिन चहलपहल हुन्छ पुखुलाछीमा। बच्चाबच्चीहरूलाई जलविहार गराउँछ पुखुलाछीले।
उता काठमाडौँको रानीपोखरी, भक्तपुरको सिद्घ पोखरीको महत्व आआफ्नै छन्। खोकनाको ‘दे पुखु’ मा बाख्रा चढाउने पर्व हुन्छ भने त्यहाँ ‘काखा पुखु’ र ‘पल पुखु’ लाई शुभ साइतका लागि राखिने घडाका रूपमा लिइन्छ।
पुखुलाछीको स्थिर पानीमा आकाशको निलो रङ यसरी टल्किएको थियो, मानौँ पोखरीले आकाशलाई ऐना देखाइरहेछ। पोखरीको सतहमा उठेका कोमल तरङ्गसँग मिल्दोजुल्दो देखेँ मैले सँक्वको दैनिक जीवनको लय।
पोखरीसँगैको घरको पेटीमा बसिरहेका ज्येष्ठ नागरिकतर्फ सोझिएँ म।
अमृत श्रेष्ठ रहेछ, उनको नाम।

परिचयसँगै मैले आफ्नो ठेगाना बताएँ उनलाई ।
“म त नुवाकोटमा दुईवर्ष बसेको नि!” स्मृतिदंशको भावमा भने उनले।
निजामति सेवामा सेवारत रहँदा त्यहाँ खटिएका रहेछन् उनी। मसँग उनी खुलेर कुरा गर्न थाले।
अनि सोधेँ– “निवृत्त जीवन कसरी बिताइरहनु भएको छ ?”
“घर व्यवहार हेर्ने, साथीभाइ भेट्ने र फुर्सदको वेला पुस्तक पढ्ने”, भने उनले।
पुस्तक पढेरै लिन सकिन्छ बौद्धिक लाभ। पठन संस्कृतिले नै गर्छ भावनात्मक तथा मानसिक शान्ति।
“जीवन भनेकै निरन्तर सिकाइ एवम् व्यक्तित्व विकास त हो नि, होइन र ?” प्रतिप्रश्न गर्छन् उनी।
विशेष हुँदोरहेछ आफ्नो गाउँसित परिचित कसैलाई भेट्दाको क्षण। उनले नुवाकोटको लाखे नाच र सिन्दुरे जात्रा हेरेको सम्झना गरे। उनका कुरा सुन्दा मभित्र गाउँको सम्झनाको बाढी नै आएथ्यो।
हप्ता दिनअघि हेलम्बुमा लोकार्पण भएको १३ स्रष्टाका सामूहिक कृति ‘हेलम्बु दर्पण’ एक थान मसँग थियो। मैले उनलाई त्यही उपहार दिएँ।
हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दै उनले भने– “म आजैदेखि पढ्छु।”

उनलाई बिदाइको हात हल्लाएर सुइँकुच्चा ठोक्यौँ हामी वज्रयोगिनी मन्दिरतर्फ। मोटर साइकलले पहाड चढाउँदै गर्दा प्राकृतिक सौन्दर्यमा डुबेथ्यौँ हामी। अन्नपूर्ण पदमार्गमा पर्ने उलेरीको बाटोमा पिठ्युँभरि सामान बोकाएको खच्चरजस्तै लर्खखराएथ्यो मेरो मोटरसाइकल। मैले भने निर्मम भएर कान निमोठ्न छाडिनँ।
साँखु उपत्यकाभरि बालीबिरुवाको हरियाली फर्फराइरहेको थियो। त्यहाँको माटोको सुगन्ध चारैतिर फैलिरहेझैँ लाग्थ्यो। घामका किरणले सिङ्गो उपत्यका नै चम्किरहेको थियो। सुत्ला च्यापेका मकैका बोटहरू अनमोल रत्नझैँ देखिन्थे।
नागबेली सडकमा गुड्दै गर्दा उपत्यकाका प्रत्येक गराहरू जीवन र खेतीपातीले भरिएको पाएँ। बिहानको मन्द वायुले कुनै संवेदी भोज आयोजना गरे झैँ आभास भइरहेको थियो मलाई।
नजरमा ठोक्किन आइपुग्यो— विशाल मणिशैल पर्वत। काठमाडौँबाट लगभग २१ कि.मि. टाढा पुगेका थियौँ हामी। हरियालीले ढाकेको सिङ्गो पहाड एवम् रहस्यको यो अथाह भूगोल देखिन्थ्यो। रूखका पातहरू हावामा यसरी हल्लिरहेका थिए, मानौँ पुरातन कथाहरू आपसमा कानेखुसी गर्दैछन्। शान्ति र प्रकृतिसँगको सम्बन्धको गहिरो अनुभूति भनेको यही होला भन्ने लाग्यो। पहाड आफैँले अँगालोमा बाँधेर अगाडि बढ्न आग्रह गरिरहेको आभास गराइरहेथ्यो।
मणिशैल पर्वतको काखमा पुग्दा ढुङ्गेनी सिँढीले गरेको स्वागतलाई हामीले खासै पर्वाह गरेनौँ। उहिले यातायातको वैकल्पिक माध्यम नहुँदा सिँढी चढ्नुको विकल्प हुन्थेन। साधन छउन्जेल केको हिँडाइ! फेरि एउटामात्र मोड बाँकी थियो, त्यसैले पैदल हिँड्ने कष्ट गरेनौँ।
मन्दिर परिसरमा पुग्दा घण्टहरूका गम्भीर प्रतिध्वनि पहाडका भित्ताहरूमा ठोक्किएर फर्किरहेका थिए। हावामा देवदारको धूप र घिउको दीपको मिश्रित सुगन्ध तैरिरहेको थियो। प्रार्थनाका रङ्गीन झण्डाहरू फर्फराउँदा निस्कने चट्चट आवाजले मन्दिरको मौनतालाई एउटा लयबद्ध सङ्गीत दिइरहेको थियो।
वज्रयोगिनी मन्दिर परिसर, ससाना स्तूप, जीवन्त प्रार्थना झण्डा र जटिल मूर्तिकलाले प्राचीन रहस्यवाद मात्र नभई हिन्दू र बौद्ध आस्थाको सामञ्जस्यपूर्ण सहअस्तित्व झल्काउँथे। यस क्षेत्रको गहिरो धार्मिक परम्पराको ज्वलन्त प्रमाण थियो त्यो।
राजेन्द्रमान डङ्गोल
मन्दिर प्राङ्गणमा पाइला टेक्नेबित्तिकै मनमा एउटा अनौठो सन्नाटा छायो— त्यस्तो सन्नाटा, जसले कानलाई होइन, सिधै आत्मालाई सुम्सुम्याउँछ। शहरको कोलाहल र सडकको धूलोसँगै आएको मेरो अशान्त मन यहाँका पुराना मूर्तिहरूका स्थिर आँखाहरूसँग ठोक्किएपछि एकाएक मौन भयो। धूपको सुगन्ध र घण्टीको मधुर आवाजले मलाई वर्तमानबाट अलग्याएर कुनै प्राचीन ध्यानको गहिराइमा पु¥याइदिए झैँ भान भयो। मलाई बोध भयो— शक्ति मन्दिरको गर्भगृहमा मात्र सीमित नभई यहाँको हावा, ढुङ्गा र हाम्रै मौनतामा पनि लुकेको हुँदो रहेछ! केही बेर त म स्तब्ध भएँ, मानौँ म केही माग्न होइन, आफूभित्रै हराएको आफैँलाई खोज्न त्यहाँ पुगेको थिएँ।
धेरै पहिलेदेखि देखेको, तर कहिल्यै नबोलेको एउटा परिचित अनुहारले मेरो नजर खिच्यो। चालिसको दशकमा म भोटेबहालस्थित ‘होटल न्यु गणेश’ मा काम गर्थें। लगनटोलमा बस्ने ती दिदी त्यति वेला होटलको अगाडिबाट सधैँ ओहोरदोहोर गर्थिन्। जब मैले उनलाई यो पुरानो सन्दर्भ सुनाएँ, उनी अचम्ममा परिन्।
वज्रयोगिनी मन्दिरका लागि समर्पित भएझैँ लाग्छ सिङ्गो मणीशैल। धार्मिक ग्रन्थमा लेखिएअनुसार पृथ्वीमा भर्खरभर्खर हिमयुग सुरु हुँदा हाल मन्दिर रहेको ठाउँमा रहेको ढुङ्गाको कापबाट पञ्चरङ्गी अग्निज्वाला निस्केको र त्यही ज्वालाबाट ज्वालामुखी देवी उत्पन्न भएकी थिइन्। तिनै देवी वज्रयोगिनीका रूपमा प्रसिद्घ भइन्।
पहाडको काखमा अवस्थित वज्रयोगिनी मन्दिर र त्यसको माथिल्लो भागमा धर्मशाला छ। मन्दिरको अगाडि फराकिलो आँगन फैलिएको छ। वि.सं. २०७२ को महाभूकम्पले क्षतिग्रस्त बनाएको त्यस धर्मशालामा हामीले आफ्ना जिज्ञासु आँखा डुलायौँ ।
त्यही वेला पछाडिबाट एक महिलाको आवाज सुनियो– “आउनुस्, आउनुस्, यहाँ पनि छ देउता!”
फरक्क फर्केर हेरेँ।
धेरै पहिलेदेखि देखेको, तर कहिल्यै नबोलेको एउटा परिचित अनुहारले मेरो नजर खिच्यो। चालिसको दशकमा म भोटेबहालस्थित ‘होटल न्यु गणेश’ मा काम गर्थें। लगनटोलमा बस्ने ती दिदी त्यति वेला होटलको अगाडिबाट सधैँ ओहोरदोहोर गर्थिन्। जब मैले उनलाई यो पुरानो सन्दर्भ सुनाएँ, उनी अचम्ममा परिन्।
चिनेकै जस्तो लागेर बोलाएकी रहिछन् उनले। उनको नाम– इन्द्र बज्राचार्य ।
एउटा अप्रत्याशित संयोग थियो त्यो। जीवनको एउटा रमाइलो कुइनेटो, जसले हामीलाई सँगै उभ्याइदियो।
उनी भन्दै थिइन्– “अस्तिमात्र आएकी हुँ। पर्सि फर्किंदै छु।”
इन्द्र दिदीसँग थिइन्, प्रीति बज्राचार्य । प्रीति गुठीकी मान्छे। मन्दिर रेखदेख गर्न बसेकी। नौनौ दिनमा बस्ने पालो आउँदोरहेछ गुठियारहरूको।
उनले माथ्लो तलामा लगिन् हामीलाई।
भनिन्– “यहाँ म्हाँस ख्वा अजिमाको मूर्ति छ। नेवारीमा ‘म्हाँस’ भनेको पहेंलो र ‘ख्वा’ भनेको मुहार। अर्थात् पहेंलो अनुहार भएकी देवी। वज्रयोगिनीलाई चाहिँ म्ह्यु ख्वा अजिमा भनिन्छ। ‘म्ह्यु’ भनेको रातो। वज्रयोगिनीको अनुहार चाहिँ रातो हुन्छ।”
बीचमा राखिएको छ– ‘म्हाँस ख्वा’ अजिमाको मूर्ति। दायाँबायाँ वसुन्धरा, सिंहिनी र बघिनी। अलि पर छ– लोकेश्वर बुद्घको मूर्ति तर देब्रे खुट्टा भाँचिएको अवस्थामा।
“खुट्टा चाहिँ कसरी भाँचिएको ?” जिज्ञासा राखेँ।
अर्थपूर्ण हुँदारहेछन् कुनैकुनै भेट। इन्द्र दिदीसँगको त्यो भेटले अप्रत्याशित रूपमा हाम्रो यात्रालाई समृद्धमात्र बनाएन, दिगो सम्झनासमेत सिर्जना ग¥यो। साँच्चै उनले नबोलाएकी भए यी सबै कुरा थाहा पाउने अवसर कहाँ मिल्थ्यो र !
“धेरैअघि लोकेश्वर बुद्घ चोरी भएको थियो रे। यही तल महाङ्कालसम्म त जसोतसो लगेछ। सौभाग्यवश मूर्तिको वजनको कारण चोरले सँक्वको सिमाना कटाउन सकेनछ। त्यही वेला भाँचिएको रहेछ”, भनिन् उनले।
पहिलेका चोरहरू पनि मूर्तिलाई नै निशाना बनाउँदा रहेछन्। त्यो दुर्भाग्यपूर्ण वास्तविकता आज पनि यथावत छ। सांस्कृतिक र धार्मिक कलाकृति चोरीको घटनाले पिरोलेको पीडादायी प्रवृत्तिको सम्झनाले हल्लाएथ्यो मेरो मथिङ्गल।
अर्थपूर्ण हुँदारहेछन् कुनैकुनै भेट। इन्द्र दिदीसँगको त्यो भेटले अप्रत्याशित रूपमा हाम्रो यात्रालाई समृद्धमात्र बनाएन, दिगो सम्झनासमेत सिर्जना ग¥यो। साँच्चै उनले नबोलाएकी भए यी सबै कुरा थाहा पाउने अवसर कहाँ मिल्थ्यो र !
इन्द्र दिदी र प्रीति बज्राचार्यसँग बिदा मागेपछि म्ह्यु ख्वा अजिमाको मन्दिरतर्फ लाग्यौँ।
बिहानको ११ बजे पुगेका थियौँ हामी त्यहाँ। मन्दिरसामु राखिएको फलामे कुर्सीमा बसेर एकजना ध्यानमग्न थिए। त्यसबाहेका थप चारजना नेपाली मात्र देख्यौं हामीले, अरु पर्यटक देखेनौँ ।
बन्द थियो, मन्दिरको मूलढोका। अघि प्रीति बज्राचार्यले भनेकी म्ह्यु ख्वा अजिमाको विम्ब कल्पना गरेँथे मैले।
प्यागोडा शैलीको त्यो भव्य मन्दिर, सुनको जलपयुक्त छाना, चमक दिइरहेको तोरण अनि काठ र ढुङ्गामा कुँदिएका जीवन्त कलाकृतिहरू। वज्रयोगिनीको वास्तुसौन्दर्यले मलाई मन्त्रमुग्ध बनायो। त्यहाँ बौद्ध स्तूप छन्, प्राचीन ढुङ्गेधारा छन् र रहस्यमयी गुफाहरू पनि। साँच्चै, त्यहाँ के छैन र!
उनले भनेकी थिइन्– “वज्रयान बुद्घिजमको एक ध्यानी देवी हुन्– म्ह्यु ख्वा अजिमा अर्थात् वज्रयोगिनी। उनको नामको अर्थ ‘डाइमन्ड फिमेल योगी’ हुन्छ। चक्रसंवर तन्त्रको प्रमुख देवी हुन्– वज्रयोगिनी। उनलाई सामान्यतया करुणामय रातो रङमा चित्रण गरिएको हुन्छ, यद्यपि वज्रयोगिनीका नौ रूप हुन्छन्। विगत, वर्तमान र भविष्य देख्ने तीन आँखा छन्। दायाँ र बायाँ हातको बुढी र माझी औँलामा वज्रयान यन्त्र समातेकी र अनुष्ठान मुद्रामा खड्ग र निरुपद धारण गरेकी छिन्।”
उनले अरू पनि थुप्रै रहस्यहरू सुनाइन् तर मेरो सीमित मस्तिष्कले ती सबैलाई तत्काल ग्रहण गर्न सकेन। हामीले त्यस शान्त परिवेशमा देवल परिसरको अन्वेषण ग¥र्यौं।
प्यागोडा शैलीको त्यो भव्य मन्दिर, सुनको जलपयुक्त छाना, चमक दिइरहेको तोरण अनि काठ र ढुङ्गामा कुँदिएका जीवन्त कलाकृतिहरू। वज्रयोगिनीको वास्तुसौन्दर्यले मलाई मन्त्रमुग्ध बनायो। त्यहाँ बौद्ध स्तूप छन्, प्राचीन ढुङ्गेधारा छन् र रहस्यमयी गुफाहरू पनि। साँच्चै, त्यहाँ के छैन र!
त्यस उचाइबाट साँखु (सँक्व) सहर शङ्खाकार देखिन्छ भन्ने सुनेको थिएँ, तर बाक्लिँदै गएको आधुनिक बस्तीका कारण त्यो आकार ठम्याउन मुस्किल प¥यो।
बिदा माग्ने बेला इन्द्र दिदीले भनिन्— “चैतको अन्तिम पूर्णिमामा यहाँ ठुलो जात्रा हुन्छ, अवश्य आउनू होला!”
मैले पनि दृढ हुँदै भनेँ— “लावण्य देश र वज्रयोगिनीको महात्म्य अझ गहिराइमा बुझ्नु छ, म पक्कै आउने छु।”
०००
अर्कोे वैशाखमा फेरि वज्रयोगिनी जाने साइत निकाल्नुपर्छ भन्ने सोच्दासोच्दै म कहिले भुसुक्कै निदाएछु, पत्तै पाइनँ। साँझपख ब्युँझँदा यस्तो भान भइरहेको थियो, मानौँ मणिशैल जङगलका रुखका हाँगामा बसेर चराहरूले अझै वज्रयोगिनी मन्त्र नै वाचन गरिरहेका छन्। मेरो अन्तरकुन्तरमा त्यो ध्वनि अझै गुन्जिरहेथ्यो—
ॐ वज्रयोगिनी हुम् फट स्वाहा !
ॐ वज्रयोगिनी हुम् फट स्वाहा !