काठमाडौं ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूल मन्त्र बोकेर हिँडेको प्रकृतिप्रेमी समूहले शनिबार आफ्ना सदस्यहरूलाई भक्तपुरको बुकाचो गढी क्षेत्रमा पदयात्रा गराएको छ। पदयात्रीलाई साँगा भन्ज्याङबाट खाल्चोक भन्ज्याङ, चतुरेडाँडा हुँदै आशापुरेश्वर भएर बुकाचो गढीमा पु¥याइएको थियो।

नेपाल एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक गढीमा नेपाली सेनाको इन्द्र बक्स गण र सूर्यविनायक नगरपालिकाको अगुवाइमा राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक बनाइएको छ। यस बाहेक त्यहाँ एउटा भ्यु टावर र कालिको मन्दिर निर्माण गरिएको छ।

बुुकाचो गढी (९२,१०० मिटर)बाट मौसम खुलेका बेलामा गणेश, लाङटाङ, दोर्जेलाक्पादेखि गौरीशंकर हिमालसम्म देखिन्छ। गढीसम्मै मोटर बाटो पनि जोडिएको छ।
प्रकृतिप्रेमीहरूको मनसुन हाइकिङमा भने हिमाल खुलेनन्। बरु भुइँकुहिरोले डाँडा ढपक्कै ढाकेको थियो।
हाइकिङविज्ञ राम देवी महर्जन
योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक समेत रहेकी हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा पदयात्रा गरेका हाइकर्सहरूले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा घन्काएका थिए।
निलो क्याप लगाएर उनीहरू लामबद्ध हिँडेका थिए। उनीहरूलाई खाल्चोक भन्ज्याङबाट आशापुरेश्वरको जागृति आधारभूत विद्यालयका शिक्षक बालकुमार तामाङले आशापुरेश्वरसम्म पथप्रर्दशक बनेर सहयोग पु¥याएका थिए।
बालकुमार तामाङ
आशापुरेश्वर
मनसुनको हरियालीमा पदयात्री रमाए। उनीहरूले तस्बिर खिचे। टिकटक र रिल्स बनाए। साउने शनिबार भएर होला, आशापुरेश्वरमा भिड थियो। आशापुरेश्वर दर्शनपछि उनीहरूलाई खाना खुवाइयो।
उनीहरूलाई आशापुरेश्वरस्थित ‘बिमला खाजा घर’ मा तीन बराबर आहार खुवाइयो। यसमा एक भाग भात, एक भाग तरकारी (फर्सिको मुन्टा, फर्सि र आलुको ग्रेभी), र एक भाग सलाद (काँक्रो, गाजर, मूला र स्याउ) खुवाइयो। यसरी खाँदा खाना राम्रोसँग पच्छ। कब्जियत हुँदैन।

स्मरणीय छ, यस संस्थाको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध हुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ।
खानापछि हाइकिङविज्ञ महर्जनले पित्त कसरी बढ्छ भन्ने ज्ञान बाँडेकी थिइन्। त्यसपछि उनले एउटा स्वास्थ्यवद्र्धक गीत गाइन्। हाइकर्सहरूले गीतमा साथ दिँदै कम्मर मर्काए।
त्यहाँबाट उनीहरूलाई पाटीभन्ज्याङ भएर बुकाचो गढीमा पु¥याइयो। गढी अवलोकनपछि फेरि पाटीभन्ज्याङसम्म हिँडेर त्यहाँबाट उनीहरू गाडीमा काठमाडौं फर्किए।

यसरी उनीहरूले साँगाबाट आशापुरेश्वरसम्म १०.५ किमि, आशापुरेश्वरबाट पाटी भन्ज्याङसम्म २.५ किमि, पाटी भन्ज्याङ–बुकाचो गढी २ किमि र गढीबाट भन्ज्याङसम्म २ किमि पदयात्रा गरे। यसरी उनीहरूले १७ किलोमिटर पदयात्रा पुरा गरे।
प्रकृतिप्रेमीका थप तस्बिरहरू :


स्मरणीय छ, यस संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वास्थ्यवद्र्धक हाइकिङ गराउँदै आएको छ।
























अनिलप्रसाद श्रेष्ठ
८१ वर्षे हाइकर्स कुष्ण सुदन महर्जन



