काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ।
यो क्रममले शुक्रबार पनि निरन्तरता पाएको हो।
अघिल्लो कारोबारको तुलानामा शुक्रबार (आज) पनि नेपाली बजारमा सुचाँदीको मूल्यमा वृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।