काठमाडौं। भरतपुर विमानस्थालमा झण्डै २ अर्ब बारबारको लागतमा नयाँ टर्मिनल भवन बन्ने भएको छ।
१ अर्ब ९२ करोड ७० लाखमा ठेक्का सम्झौता भएको सो टर्मिनल भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार शिलान्यास गरेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको यो भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ प्राधिकारणले जनाएको छ।
टर्मिनल भवन निर्माणका लागि चैत ६ गते केसी–क्षमा देवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगञ्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको थियो। ती विमानस्थलहरुमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन्। यात्रुको चाप बढ्दा विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको हो। अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन्।
भरतपुरबाट काठमाडौं, पोखरा र भैरहवा उडान हुँदै आएको छ।