काठमाडौं। सरकारले चिनी र सक्खरको आयातमा लाग्दै आएको भन्सार महसुल घटाएको छ।
सोमबार आगामी आर्थिक वर्ष ८०/८१ का लागि विनियोजित बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले चिनी र सक्खरमा लाग्दै आएको भन्सार महसुल १० प्रतिशतले घटाएको जानकारी दिएका हुन्।
यस अघि ४० प्रतिशत लाग्दै आएको भन्सार मुल्य आगामी आर्थिक वर्षबाट ३० प्रतिशत कायम गरेसँगै भारतबाट आयत हुने चिनी सक्खरको मूल्य घट्न सक्ने छ।
सरकारले चिनी, सक्खर भेली र सुगर क्युबसहितका वस्तुको भन्सार महसुल १० प्रतिशतले घटाएको हो।