काठमाडौं। सन् २०२३ को जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुन लागेको छ।
चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान मार्फत पहिलो उडान भर्न लागेको हो।
आगामी असार ८ गते पोखरामा पहिलो पटक हुन लागेको ‘ड्रागन बोट रेस फेस्टिभल’ का लागि सिचुवानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ६ (बुधबार) चार्टर्ड उडानका लागि अनुमति दिएको हो।
पोखरामा नियमित उडानका लागि सिचुवानसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। चीनले विशेष रूपमा मनाउने यही उत्सव यसपालि फेवातालमा पनि मनाइन लागिएको हो।
दुई दिनसम्म चल्ने यो फेस्टिभल नेपाल र चीन सरकारको सहकार्यमा हुँदैछ।