काठमाडौं। साउन १ गतेदेखि हवाइ टिकटमा १३ प्रतिशत भ्याट थप भएको छ । यो सँगै आन्तरिक उडानमा भाडादर बढ्ने भएको छ।
नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
वायुसेवा कम्पनीहरूले सोमबार (भोलि)बाट लागू हुने गरी हवाइ भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउनेछन्।
आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
