शैलुङ । रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ ।
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित यस क्षेत्रमा प्रत्येक वर्ष जनै पूर्णिमा भन्दा तीन दिन अगाडिदेखि लाग्दै आएको मेलाले यस वर्षपनि निरन्तरता पाएको हो।
मेला भर्न तथा प्राकृतीक सुन्दरता नियाल्न देशका विभिन्न स्थानहरूबाट तीर्थालु तथा पर्यटकहरूको आगमन हुने गरेको स्थानीय दाबा सङ्बु शेर्र्पाले बताए।
मेलामा स्थानीय उत्पादनको विक्री तथा प्रर्दशनी, विभिन्न जातजातीको साँस्कृतीक प्रर्दशनी तथा धामी–झाँक्रीहरुको प्रस्तुतीले शैलुङको रौनक बढेको छ। कतिपय तीर्थालुहरू सोमबार शैलुङमा रात बिताएर फर्किसेका छन् भने धामीझाँक्रीहरू भने बुधबार मात्र फर्कने छन्।
शैलुङलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलको रुपमा लिइन्छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
सबै तस्बिरहरु साैजन्य: दाबा सङ्बु शेर्पा।