पोखरा। गण्डकी प्रदेशका सामुदायिक होमस्टे र गाउँ पर्यटन प्रवर्द्धनमा संलग्न संस्थाहरूलाई लक्षित गर्दै ‘गाउँ पर्यटन मार्ट’ कार्यक्रम आगामी जेठ ९ र १० गते पोखरामा आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा हुन लागेको यो कार्यक्रम गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकी प्रदेशको सह-आयोजना तथा प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होमस्टे महासंघ (होफेन) गण्डकी प्रदेशको सहकार्यमा सम्पन्न हुनेछ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले एक सूचना जारी गर्दै गण्डकी भित्रका सामुदायिक होमस्टे, फर्म, कम्पनी तथा गैरसरकारी संस्थाहरुलाई सहभागिताका लागि आवेदन दिन आग्रह गरेको छ। इच्छुक संस्थाहरूले २०८२ वैशाख २६ गतेभित्र गुगल फाराम, हार्डकपी वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
सहभागिताका लागि आवश्यक कागजातहरूमा संस्था / फर्म / कम्पनी दर्ताको प्रमाणपत्र (नवीकरणसहित), स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्र र आ.व. ०८०/८१ को कर चुक्ता प्रमाणपत्र (नयाँ दर्ता भएकाका लागि आवश्यक नपर्ने) रहेका छन्।
फारम भर्ने लिंक: https://forms.gle/EjWU(MjKnXMLvss99](https://forms.gle/EjWU(MjKnXMLvss99)
सम्पर्क: नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखरा — ०६१–४५५२९२ / ९८४६१०७०१७
इमेल: [email protected] / [email protected]