काठमाडौं। नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ र रोमाञ्चक अध्याय थपिएको छ।
पहिलोपटक दोलालघाटदेखि पचुवारघाटसम्मको सुनकोशी नदी खण्डमा रिभर ट्युबिङ सेवा सुरु गरिएको छ। साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकका लागि यो नयाँ गन्तव्य बन्न थालेको छ।
-1746695736.jpeg)
रिभर ट्युबिङअन्तर्गत पर्यटकले बलिया रबर ट्युबमा बसेर नदीको प्राकृतिक बहावसँगै बग्ने अवसर पाउँछन्। चिसो पानी, नदीको छाल, हरियाली र रमणीय दृश्यबीचको यो यात्रा शारीरिक र मानसिक ताजगी दिने अनुभवको रूपमा लिइएको छ।
सुरुवाती दिनमै ४८ जनाले सेवा लिएको यस परियोजनाका फाउण्डर यमन माझी हुन्, जसलाई ‘माझी किङ’ भनेर पनि चिनिन्छ। उनले यो सेवा नेपाली साहसिक पर्यटनमा विविधता थप्ने उद्देश्यले सुरु गरिएको बताए।
‘नेपालमा हिमाल र ट्रेकिङका थुप्रै विकल्प छन् तर पानीसँग रमाउने साहसिक क्रियाकलापको कमी थियो। हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं,’ माझीले भने।
-1746695728.jpeg)
रिभर ट्युबिङ प्याकेजमा खाना, यातायात र स्थानीय परिकारहरूको स्वाद पनि समावेश गरिएको छ। यात्राको सुरुवात दोलालघाटबाट हुन्छ भने अन्त्य पचुवारघाटमा हुने व्यवस्था छ। सहभागीको सुरक्षाका लागि अनुभवी प्लेफुल राइड अर्गनाइर, लाइफ ज्याकेट, हेल्मेट र प्राथमिक उपचार किटको व्यवस्था गरिएको छ।
उद्घाटनको अवसरमा पहिलो महिनाभरि सहभागी हुने पर्यटकलाई विशेष छुट पनि प्रदान गरिएको छ। यो सेवा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। भविष्यमा देशका अन्य नदीहरूमा पनि यस्तो सेवा विस्तार गर्ने योजना रहेको माझीले जानकारी गराए।
रिभर ट्युबिङ सेवा बुकिङ तथा विस्तृत जानकारीका लागि ९७०-७८६२१५१ मा सम्पर्क गर्न सकिनेछ वा www.rivertubingnepal.com मा जानकारी उपलब्ध छ।
-1746695734.jpeg)