काठमाडौं। खराब मौसमको पूर्वानुमानबीच छोटो ‘वेदर विन्डो’को उपयोग गर्दै सेभेन समिट ट्रेक्सको टोलीले आज (बुधबार) बिहान सगरमाथा (८,८४८.८६ मि) को सफल आरोहण गरेको छ।
नेपालतर्फको दक्षिण कोल मार्ग हुँदै सम्पन्न यो आरोहणमा अधिकांश चिनियाँ तथा एकजना जापानी पर्वतारोहीसहित शेर्पा गाइडहरू सम्मिलित थिए।
सगरमाथा शिखर चुम्न सफल आरोहीहरूमा जापानिज नागरिक हिदेकी नाकाजोनों तथा चिनियाँ नागरिकहरू जिन झाङ, जुनयी लुओ, सियाओयाङ वाङ, सुदोङ सुन, जिआङहाउ राओ, झेङ यु, यिलिङ के, झिवेई सुए र झेङ ये रहेकाे सेभेन समिटले जनाएकाे छ।
उक्त आराेहण टाेलीमा नेपाली शेर्पा गाइडहरू पास दुक्पा शेर्पा, पेमा ग्याल्गेन शेर्पा, पेम्बा थिन्दुक शेर्पा, फुर्साङ शेर्पा, दावा रिन्जे शेर्पा, पास्तेनजी शेर्पा, दावा नुर्बु शेर्पा, तासी शेर्पा, मिङमा नुर्बु शेर्पा, कर्मा ग्याल्जे शेर्पा, रिन्जे शेर्पा र लाक्पा रेनजिन शेर्पा सहभागी थिए।
यस वर्ष सेभेन समिट ट्रेक्ससँग सगरमाथा आरोहणका लागि १०३ जना अन्तर्राष्ट्रिय आरोही र साेही सङ्ख्यामा शेर्पा गाइडहरू सहभागी छन्।