काठमाडाैं। कीर्तिमानी आराेही सानु शेर्पासहित थप १३ आराेहीकाे सगरमाथा आराेहण सफल भएकाे छ।
एटके एक्सपेडिसनकाे तर्फबाट सानु शेर्पासहित १३ आराेहीले बुधबार बिहान सगरमाथाकाे सफल आराेहण गरेका हुन्। ‘अल्पोमेनिया टोलीले आज बिहान ८ बजे सगरमाथा (८,८४८.८६ मि) को सफल आरोहण गरेको छ’ एटके एक्सपेडिसनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकाे छ।
याे टाेलीकाे नेतृत्व अनुभवी पर्वतारोही युक्रेनी भ्यालेन्टिन स्यापाभिन (सात पटक सगरमाथा आरोहण, के- २, ल्होत्से आरोही तथा विश्व कीर्तिमानी आइस क्लाइम्बर) र कीर्तिमानी नेपाली आरोही सानु शेर्पा (दुई पटक १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो व्यक्ति)ले गरेका थिए।
टाेलीमा भ्यालेन्टिन स्यापाभिन र सानु शेर्पासँगै युक्रेनी आराेहीहरू भियाचेस्लाव कालाश्निकोभ , भियाचेस्लाव क्रिभोशेइया, निना आलेक्सिएभा, युरी कोस्तियुकेभिच, मरघरिता डियाचेन्को तथा नेपाली आराेहीहरू फुर्बा शेर्पा, लाक्पा ओन्जुक शेर्पा, पासाङ शेर्पा, दावा तेनजी शेर्पा, मिङमा तेम्बा शेर्पा र नुर्बु शेर्पा समावेश थिए।