पाेखरा। पर्यटनकाे राजधानी पाेखरामा तेस्राे ‘गाउँ पर्यटन मार्ट- २०८२’ जारी छ।
गाउँकाे पर्यटनलाई सहरमा चिनाउने र बजारिकरण गर्ने उद्देश्यसहित शुक्रबारदेखि सुरू भएकाे मार्ट आज (शनिबार)सम्म जारी रहनेछ।
क्रिस्टल हाेटलमा चलिहरकाे मार्टमा गण्डकीका ९ जिल्लाका २५ वटा हाेमस्टे प्रदर्शनीमा राखिएकाे नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश प्रमुख मणि लामिछानले जानकारी दिए।
मार्टमा गाउँ पर्यटनका विविध विषयमा छलफल भइरहेका छन्। शुक्रबार ‘गाउँ पर्यटन प्रवर्द्धनमा उद्याेगी र व्यवसायीकाे भूमिका’ र ‘गाउँ पर्यटन चुनाैती र अवसर’ विषयमा छलफल भएकाे थियाे।
‘गाउँ पर्यटन प्रवर्द्धनमा उद्याेगी र व्यवसायीकाे भूमिका’ विषयमा पाेखरा उद्याेग वाणिज्य संघका अध्यक्ष गाेकर्ण कार्की, लेखनाथ उद्याेग वाणिज्य संघका अध्यक्ष विनाेद श्रेष्ठ, नेपाल पर्यटन बाेर्डका पूर्वकार्यकारी समिति सदस्य टिकाराम सापकाेटा र कास्की पाेखरा हस्तकला संघकी संस्थापक अध्यक्ष हीरा भट्टराईले छलफल गरेका थिए। छलफलमा सहजकर्ताकाे रूपमा नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा थिइन्।
त्यस्तै ‘गाउँ पर्यटन चुनाैती र अवसर’ विषयकाे छलफलका लागि गण्डकी विश्वविद्यालयका सह-प्राध्यापक तथा पर्यटन विज्ञ डा. रामजी शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए। भने, नेपाल पर्यटन बाेर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी, गण्डकी प्रदेशकाे उद्याेग तथा पर्यटन मन्त्रालयकी उप-सचिव हीमा पाेखरेल र हाेमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारू वक्ताकाे रूपमा सहभागी थिए।
त्यस्तै शनिबार ‘गाउँ पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीकाे भूमिका’ विषयमा छलफल जारी छ। नेपाल पत्रकार महासंघ कास्कीकी महासचिव जमुना वर्षा शर्मा सहजकर्ताकाे रूपमा रहने यस सत्रमा वक्ताकाे रूपमा पाेखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, ढाेरपाटन दैनिककाे पाेखरा व्यूराे प्रमुख बासुदेव मिश्र र नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख लामिछाने रहेका छन्।
नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयकाे आयाेजनामा भइरहेकाे मार्टकाे सह-आयाेजक गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल रहेकाे छ। गण्डकी प्रदेशकाे उद्याेग तथा पर्यटन मन्त्रालय, पाेखरा महानगरपालिका, पाेखरा पर्यटन परिषद् र हाेमस्टे महासंघ नेपालले मार्टमा सहकार्य गरेका छन्।