काठमाडौं। भारत र नेपाल सेनाको संयुक्त पर्वतारोहण टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मि.)को सफल आरोहण गरेको छ। मे १९ र २० तारिखमा सम्पन्न यो अभियानले उच्च हिमाली क्षेत्रमा दुई देशबीचको सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरेको छ।
यो संयुक्त अभियान भारतीय सेनाका कर्नल सर्फराज सिंह र नेपाली सेनाका मेजर गजेन्द्र देउवाको नेतृत्वमा सम्पन्न भएको हो। यो आरोहण दुवै देशको सेनाबीचको समन्वय, साहस र मैत्री सम्बन्धको प्रतीक बनेको छ।
१९ मेमा सफल शिखर आरोहण गर्नेमा भारतीय सेना टोलीका कर्नल सर्फराज सिंह (टोली नेता), त्सेरिङ दोर्जे, तरुण सिंह सिन्धु, सञ्जय कुमार, सतीश सिंह तथा नेपाली सेना टोलीका प्रशान्त खड्का, जनक साउद, नवीन तरामी मगर, अमरबहादुर कार्की रहेका छन्। जसमा शेर्पा सहयोगीकाे रूपमा ग्यालु शेर्पा, लाक्पा टेम्बा शेर्पा, पासाङ दावा शेर्पा, पासाङ दुक्पा शेर्पा, आङ कामी शेर्पा, ङिमा शेर्पा, पासाङ फुर्वा शेर्पा र लाक्पा थिन्दु शेर्पा रहेका थिए।
त्यस्तै २० मेमा सफल शिखर आरोहण गर्नेमा नेपाली सेना टोली मेजर गजेन्द्र देउवा (टोली नेता), केशबहादुर कार्की, रामकुमार श्रेष्ठ, श्रीकृष्ण पौन्जु, रणबहादुर योङ्या, चन्द्रबहादुर बलामी तथा शेर्पा सहयोगीहरूमा नवाङ थिन्दु शेर्पा, कामी चिरी शेर्पा, लाक्पा दोर्जी शेर्पा र लाक्पा शेर्पा रहेका थिए।
यस सफल आरोहणको आयोजन सेभेन समिट ट्रेक्सले गरेको थियो। अनुभवी शेर्पा टोलीको मार्गदर्शनमा सुरक्षित र सफल आरोहण सम्पन्न भएको आयोजकले जनाएको छ।
भारतको रक्षा मन्त्रालय अन्तर्गतको इंटीग्रेटेड हेडक्वार्टर्सले यस अभियानलाई ‘सैन्य पर्वतारोहण र भारत–नेपाल मित्रताको एक महत्वपूर्ण उपलब्धि’ भनेर प्रशंसा गरेको छ।