काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)ले यही असार १२ गतेदेखि नयाँ पाठ्यक्रम अनुसारको ‘फण्डामेन्टल स्किल फरमाउण्टेनियरिङ काेर्स- २०२५’ सञ्चालन गर्ने भएको छ।
सिटिइभिटीबाट अनुमोदित पाठ्यक्रममा आधारित यो तालिम माउण्टेनीयरिङ क्षेत्रमा भविष्य देखिरहेका इच्छुक युवाका लागि लक्षित रहेकाे एनएमएले जनाएकाे छ।
तालिमको अवधि असार १२ देखि २४ गतेसम्म रहनेछ। तालिम काठमाडौं र नुवाकोटको ककनीमा सञ्चालन हुनेछ।
संघका अनुसार तालिममा अत्यावश्यक प्राथमिक उपचार, सामान्य आरोहण सीप र नक्शा उपयोग तथा दिशा–पहिचान विषयमा प्रशिक्षण दिइनेछ।
फाराम बुझाउने अन्तिम म्याद २०८२ जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्म रहेको छ। इच्छुक व्यक्तिले आफ्नो नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइज फोटोसहित रु. १०० शुल्कमा सचिवालयबाट फारम प्राप्त गरी समयमै बुझाउनुपर्नेछ।
तालिम शुल्क प्रतिव्यक्ति रु. १५,००० तोकिएको छ भने बीमा शुल्क रु. २,००० सहभागी आफैंले व्यहोर्नुपर्नेछ। अधिकतम २० जना मात्र सहभागी हुन सक्ने यो तालिमका लागि अन्तर्वार्ता असार १० गते (जुन ९), बिहान ११ बजे, संघको सचिवालय नक्साल, नागपोखरीमा हुनेछ।
थप जानकारीका लागि नेपाल पर्वतारोहण संघको वेबसाइट www.nepalmountaineering.org वा फोन नम्बर ०१–४५३४५२५ मा सम्पर्क गर्न सकिनेछ।