काठमाडाैं। नेपाल पर्यटन विभागले बुधबार ‘साहसिक खेल बन्जी सञ्चालन मापदण्ड’ सार्वजनिक गरेकाे छ। जसमा बन्जी गर्दा लाग्ने शुल्कबारे उल्लेख छ।
मापदण्डमा उल्लेख भएअनुसार बन्जी सञ्चालकले एक पटकका लागि बढीमा ६ हजारसम्म शुल्क लिन पाउनेछन्। त्यसपछि भने साेही दिन बन्जी गर्न चाहनेलाई छुट दिनुपर्नेछ।
एकपटक बन्जी गरेकाे व्यक्तिले साेही दिन दाेस्राेपटक बन्जी गर्न चाहेमा ५० प्रतिशत छुट दिनुपर्नेछ। त्यस्तै साेही दिन तेस्राेपटक गर्न चाहेमा सुरूकाे मूल्यकाे ६० प्रतिशतसम्म छुट दिनुपर्नेछ। त्यसपछि भने चाैथाे वा त्यसभन्दा बढी बन्जी गर्न चाहनेलाई शुल्क लिन नहुने मापदण्डमा व्यवस्था गरिएकाे छ।
त्यस्तै मापदण्डमा सुरक्षासम्बन्धी पनि व्यवस्था गरिएकाे छ। जसमा बन्जी गर्न जाने व्यक्तिले घडी तथा गरगहन लगाउन पाइने छैन, कुनै पनि मादक पदार्थ सेवन गरी बन्जी गर्न पाइने छैन।
त्यसैगरी कुनै पनि प्रकारकाे सर्जरी तथा मुटुराेग, उच्च रक्तचाप, दम, हाडजाेर्नी समस्या, नसासम्बन्धी राेग, मानसिक बिरामी, मिर्गी तथा छारेराेग, गर्भवती महिला आँखाकाे सर्जरी गरेकाे, कीर्तिम अंग भएकाे, हर्नियाकाे बिरामी तथा ताेकिएकाे भन्दा कम वा बढी ताैल भएकाे व्यक्तिले बन्जी गर्न पाउने छैन।
बन्जीका लागि व्यक्तिकाे ताैल कम्तिमा ४० केजी र बढीमा १३० केजी हुनुपर्ने मापदण्ड ताेकिएकाे छ। उमेरकाे हकमा १६ देखि ७० वर्ष ताेकिएकाे छ।