रोल्पा। अठार मगरात क्षेत्रमा पर्ने रोल्पाको थवाङ गाउँपालिकाको उवा क्षेत्र, सुनछहरी गाउँपालिकाको घुसबाङ र रोल्पा नगरपालिकाको हवामा लगायतका गाउँमा एक सातासम्म धुमधामसँग राँके तिवार पर्व मनाइएको छ।
राँके पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवका रुपमा मनाइन्छ। साउने संव्रmान्तिदेखि मनाइने पर्वमा प्रकृतिको पूजा गरिन्छ। अन्नबाली राम्रो होस्, प्राकृतिक विपत्तिबाट जोगियोस्, घरपरिवारमा निरोगिता छावोस् र आफन्तमाझ सामाजिक सदभाव कायम रहोस् भन्ने कामना गर्दै यो पर्व मनाउने गरिएको थवाङ गाँउपालिका वार्ड नं. ४ का अध्यक्ष हिक्मत घर्ती मगरले बताए।
मगर समुदायमा प्रचलित यस पर्वमा महिला, पुरूष तथा बालबालिका परम्परागत भेषभूषा (गुन्यू चोली, धरो, पछ्यौरी, गाडो, गरगहना)मा सजिन्छन्।
यही पर्वका अबसरमा थवाङ गाउँपालिका वडा नं. ४ मा घोराबाङमा राँके तिवार तथा अध्यक्ष कप लोकोबाङे नाच प्रतियोगिता आयोजना गरियो।
विभिन्न चालमा (टेम्के, दमाहा, सनाई, झ्याली) को माध्यमबाट प्रस्तुत गरिने नाच अवलोकनमा स्थानीय जनप्रतिनिधि, गाउँपालिका प्रमुख, संघसंस्थाका प्रतिनिधिदेखि गाउँलेको बाक्लो उपस्थिति थियो।
प्रतियोगितामा वडा न. ४ को जुत्तर समूह, मलागिरि समूह, तेलखोला समूह, थर्पु समूह, पुषबाङ समूह र ठुलोगाउँ स्थित ५ न. वडाका शिर्जनशील समूह, जनचेतना समूह, बराजाबाङ समूह, एस के समूह, सयपत्री समूह, मिलनसार समूह गरेर ११ समूह बिचमा प्रतियोगिता भएको थियो। विजेतालाई पुरस्कृत गरियो।
सांस्कृतिक तथा ऐतिहासिक रूपले ठूलो महत्व बोकेको र देशको राजनीतिक यात्रामा ठूलो योगदान दिएका यी गाउँले छुट्टै पहिचान बोकेका छन्। लोकसंस्कृति संरक्षण गर्न प्रतियोगिता गरिएको वडाध्यक्ष मगरले बताए।
हेनुर्स् पत्रकार एवम् पर्यटन अभियन्ता बल्कुराम पुनले खिचेका तस्बिरहरूः
-1753540268.jpg)
-1753540268.jpg)
-1753540300.jpg)
-1753540300.jpg)
