काठमाडौं। नेपालमा हाइकिङ अभियान चलाउँदै आएको अग्रणी संस्था कृतिप्रेमी समूह’ले शनिबार आफ्ना सदस्यहरूलाई भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा हाइकिङ गराएको छ। उसले बिरुवा बसपार्कबाट विन्ध्यवासिनी मन्दिर, कैलाशडाँडा, अनन्तलिङ्गेश्वर मन्दिर, पाथीभराधाम, घ्याम्पेडाँडा, पाइलटबाबा आश्रम हुँदै सूर्यविनायक मन्दिरको फेदिसम्म हाइकिङ गराएको हो।
प्रकृति प्रेमी समूह ।
समूहकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा लेखिएको निलो टोपी लगाएका हाइकर्सहरूले मनसुन हाइकिङ गरेका हुन्। उनीहरूले ठाउँठाउँमा स्वास्थ्यको यही मन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ घन्काएका थिए।
मौसमले साथ दिएको थियो। प्राकृतिक वातावरणमा धार्मिक सम्पदा दर्शन गर्दै हिँड्दा हाइकर्सहरू खुसी भएका थिए। हाइकिङविज्ञ महर्जनले हाइकर्सहरूलाई पाइलटबाबा आश्रममा केही समय ध्यान पनि गराएकी थिइन्। साथै उनले स्वस्थ रहन तीन बराबर आहार (एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद) खाने विषयमा पनि जानकारी बाँडिन्।
हाइकिङविज्ञ राम देवी महर्जन
उनीहरूलाई घ्याम्पेडाँडास्थित ‘घ्याम्पेडाँडा हेभेन हिल रिसोर्ट’मा तीन बराबर खाना खुवाइएको थियो। घ्याम्पेडाँडालाई चिनाउने अभियन्ता रामजी अवाले र अर्का युवा अनिल हाकुदुवाल मिलेर यो रिसोर्ट सञ्चालन गर्दै आएका छन्।
पाइलटबाबा आश्रममा ध्यान गराउँदै हाइकिङिवज्ञ राम देवी महर्जन
‘मनसुन यात्राका लागि मात्र होइन, सधैंका लागि यो रुट सुन्दर गन्तव्य हो’, हाइकिङ काठमाडौं नामक पुस्तककी लेखक समेत रहेकी महर्जनले एभरेस्ट पेडियासँग भनिन्, ‘यसलाई धार्मिक पदमार्ग पनि भन्न सकिन्छ।’
साउन १० गते शनिबार उनीहरूले करिब १३ किलोमिटर पदयात्रा गरे। हाइकिङविज्ञ महर्जनले ठाउँठाउँमा पानी तथा फलफुल ब्रेक गर्दै हिँडाएकी थिइन्।
स्मरणीय छ, यस संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा पदयात्रा गराउँदै आएको छ। उसको पदयात्रामा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। त्यसैले स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। र, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिन्छ।
हेर्नुहोस् हाइकिङका थप तस्बिरहरू:
विन्ध्यवासिनी मन्दिर
अनन्तलिङ्गेश्वर
पाथीभरा
पाइलटबाबा आश्रम
घ्याम्पेडाँडा
कृष्ण सुदन महर्जन र शिशिल चित्रकार
आफ्नो अनुभव सुनाउँदै विश्व श्रेष्ठ
घ्याम्पेडाँडा हेभेनहिल रिसोर्टका सञ्चालक रामजी अवाले र अनिल हाकु दुवालकाे बिचमा हाइकिङविज्ञ महर्जन
-1753621457.jpg)
-1753621458.jpg)
-1753621461.jpg)
-1753621461.jpg)
-1753621464.jpg)
-1753621464.jpg)
-1753621466.jpg)
-1753621467.jpg)
-1753621469.jpg)
-1753621470.jpg)
-1753621450.jpg)
-1753621472.jpg)
-1753621472.jpg)
-1753621475.jpg)
-1753621475.jpg)
-1753621453.jpg)
-1753621454.jpg)
-1753621456.jpg)
-1753621450.jpg)
-1753621453.jpg)
-1753621451.jpg)