लमजुङ। लमजुङ जिल्ला, दोर्दी गाउँपालिकाको शिरमा अवस्थित ‘म्हेम्हे पोखरी’ (४,४४९ मिटर) मनसुनी सौन्दर्यमा मुस्कुराइरहेको छ। चारैतिर हरियाली। पाटनमा फुलेका बुकी फूल। हरियालीमा चरिरहेका भेडा। छिनछिनमा बदलिरहने पोखरी (ताल)को मौसम। प्रकृतिको अनुपम उपहार हो, म्हेम्हे पोखरी ।
हरेक वर्ष जनै पूर्णिमाका दिनमा यहाँ मेला लाग्छ। म्हेम्हे पोखरी दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। यसपालि पनि सयौंले मेला भरेको म्हेम्हे पोखरीको बेस क्याम्प खिञ्चोक गाउँका अगुवा कन्यालाल घलेले बताए।
-1755043990.jpeg)
‘दोर्दी ग्रामीण पर्यटन प्रद्र्धन समिति’का अध्यक्ष समेत रहेका घलेकाअनुसार यतिबेला मनसुन पदयात्रा रोमाञ्चक हुन्छ। समितिले ‘म्हेम्हे पोखरी कल्चरल ट्रेल’का रुपमा यस क्षेत्रको ब्रान्डिङ गर्ने अभियान चलाएको छ।
यसै सिलसिलामा पदमार्गको नक्सा बनाउन पर्यटनविज्ञ इन्सुहाङ राई पनि दोस्रो पटक म्हेम्हे पोखरी पुगेका छन्। उनी आवश्यक तथ्य तथ्याङ्क लिएर काठमाडौं फर्कनेछन्। दसैं अगाडि थप विज्ञ टोलीसहित विस्तृत अध्ययन गरेर वृत्तचित्र, बुकलेट, आइटिनरी आदि बनाइने अध्यक्ष कन्यालालले बताए ।
-1755043984.jpeg)
म्हेम्हे पोखरी क्षेत्रमा धेरै पोखरी (ताल) छन्। यहाँका क्रनक्यु, पोखरी, ढालक्यु पोखरी, तरवाल पोखरी, दुध पोखरी र वैकुण्ठ पोखरी विशेष छन्।
पोखरी क्षेत्रबाट बुद्ध, मनास्लु, लमजुङ, अन्नपूर्णलगायत हिमशृखला अवलोकन गर्न सकिन्छ। जैविक विविधताका हिसाबले समेत म्हेम्हे पोखरी समृद्ध छ।
धर्मशाला उद्घाटन

तिर्थालुको आवासका लागि म्हेम्हे पोखरी क्षेत्रमा निर्माण गरिएको धर्मशाला जनै पूर्णिमाको दिन साउन २४ गते उद्घाटन गरिएको छ। मनकारी दाताहरूको सहयोगमा १० लाख रुपैयाँमा बनाइएको धर्मशालामा एकै पटक ६० जना बस्न सक्छन्।
धर्मशालाको उद्घाटन बरिष्ठ समाजसेवी पदमबहादुर घलेले गरेका थिए। समाजसेवी सिङबहादुर घलेको सभापतित्वमा भएको कार्यक्रममा दोर्दी गाउँपालिका वडा नंं. ९ का अध्यक्ष आशिष तामाङ, पर्यटनविज्ञहरू गोविन्द गुरुङ र इन्सुहाङ राईका साथै दोर्दी ग्रामीण पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष कन्यालाल घले लगायतले धर्मशालाले तिर्थालुलाई सहज बनाउने विश्वास व्यक्त गरेका थिए।

स्मरणीय छ, खिञ्चोक गाउँभन्दा माथि तीन दिनको बाटोमा होटल तथा लज सुबिधा छैन। ठाउँठाउँमा यसैगरि धर्मशाला भने बनाइएको छ। हालका लागि क्याम्पिङ ट्रेक गर्नु पर्दछ।
इन्सुहाङ राई र कन्यालाल घलेले खिचेका थप तस्बिरहरू

-1755043994.jpeg)
-1755043994.jpeg)
-1755043990.jpeg)
-1755043989.jpeg)
-1755043987.jpeg)
-1755043986.jpeg)
-1755043983.jpeg)
-1755043982.jpeg)
-1755043980.jpeg)
-1755043979.jpeg)
-1755044059.jpeg)
-1755044057.jpeg)
-1755044056.jpeg)
-1755044053.jpeg)
-1755044052.jpeg)
-1755044051.jpeg)
-1755044050.jpeg)
-1755044050.jpeg)
