काठमाडौं
गुरुङ समुदायका पर्यटनकर्मीहरूको साझा संस्था ‘गुरुङ पर्यटन व्यवसायी संघ’को पाँचौं अधिवेशनले बाबुराम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। बिहीबार काठमाडौंस्थित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्मा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
संघको प्रथम उपाध्यक्षमा बिन्दु गुुरुङ, द्धितिय उपाध्यक्षमा डिल बहादुर गुरुङ, महासचिवमा संजीव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ र सहकोषाध्यक्षमा महाबीर गुरुङ निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा धनबहादुर गुरुङ, राजु गुरुङ, हरिबहादुर गुरुङ, सञ्जिब गुरुङ, भिमबहादुर गुरुङ, निर्मल गुरुङ र दुर्गा गुरुङ छन्।
कार्यक्रममा पर्यटनकर्मी कुलबहादुर गुरुङ, पत्रकारद्वय अमृत भादगाउँले र अनिता गुरुङलाई पुरस्कृत गरिएको थियो।

अधिवेशनअघि संघको १४ औं वार्षिक साधारण सभा भएको थियो। सभाको उद्घाटन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुुद्ध बहादुर गुरुङले गरेका थिए।
कार्यक्रममा तीन जनालाई पुरस्कृत गरियो। तीन दशकदेखि पर्यटनमा सक्रिय जिटिनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङलाई ‘डा. हर्क गुरुङ पुरस्कार’ प्रदान गरियो। त्यसैगरी तीन दशकदेखि पत्रकारितामा संलग्न अमृत भादगाउँले र अनिता गुरुङलाई ‘जिटिन पत्रकारिता पुरस्कार’ प्रदान गरियो। पर्यटन पत्रकारिता मार्फत् गुरुङ समुदाय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएस्वरुप उनीहरूलाई पुरस्कृत गरिएको हो।
पुरस्कार ग्रहण गर्दै बरिष्ठ पर्यटनकर्मी कुलबहादुर गुरुङ
पुरस्कार ग्रहणपछि पत्रकार अमृत भादगाउँले
पुरस्कार ग्रहण गर्दै पत्रकार अनिता गुरुङ
तीनै जनालाई प्रमुख अतिथि गुरुङले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए। त्यसैगरि कार्यक्रममा जिटिन गण्डकीका संस्थापक अध्यक्ष बबरजङ गुरुङ र वर्तमान अध्यक्ष किसमकुमारी गुरुङसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।
सम्मान ग्रहण गर्दै जिटिन गण्डकीका संस्थापक बबरजङ गुरुङ
सम्मान ग्रहण गर्दै जिटिन गण्डकीकी अध्यक्ष किसमकुमारी गुरुङ
उक्त अबसरमा ‘पर्यटनमा गुरुङ’ नामक स्मारिका पनि लोकापर्ण गरियो। साथै तमू कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष पूर्वा ग्याल्जेन शेर्पा, टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा, मगर पर्यटन समाजका अध्यक्ष जीवन थापा, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, जिटिन गण्डकीका संस्थापक अध्यक्ष बबरजंग गुरुङ र जिटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङले जिटिनको योगदानको विषयमा चर्चा गरेका थिए।

