काठमाडौं
रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ र ५ मा एउटा सुन्दर उपत्यका छ, साङ्जेन भ्याली। हिमाल, खोलानाला, भुइँफूल आदिले भरिपूर्ण रमणीय गन्तव्य। करिब ३८ सयदेखि ४२ सय मिटर उचाइसम्म फैलिएको। यहाँबाट पाल्दोर पिक, साङ्जेन हिमाल र गणेश हिमाल देखिन्छन्।

बर्खामा असारदेखि असोजसम्म भ्यालीमा भेडाच्याङ्ग्रा, याक चरिरहेका दृश्य देखिन्छन्। माथि डिल्बु कुण्ड (४,२०० मिटर) को दृश्य झन मनोहारी देखिन्छ। विभिन्न जडीबुटीले भरिपूर्ण भ्याली साङ्जेन खोलाको मुहान पनि हो।
साङ्जेन भ्यालीमा होटल सुविधा छैन। बर्खामा गोठमा खाना र सामान्य बास पाइन्छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ भन्छन्, ‘साङ्जेन खास, ओढारमा बास।’

काठमाडौंबाट यात्रामा निस्कनेहरूले स्याफ्रुबेसी–चिलिमे–तातोपानी–रोङ्गा खोला हुँदै साङ्जेन पुग्न बेस हुन्छ। स्याफ्रुबेसीबाट रोङ्गा खोला करिब २५ किलोमिटर छ। त्यहाँबाट करिब ३ घण्टा पदयात्रामा साङ्जेन भ्याली पुगिन्छ। त्यहाँबाट अर्को ४ घण्टा उकालो चढेमा डिल्बु कुण्ड पुगिन्छ। साङ्जेन हुँदै रुबी भ्याली पदयात्रा गर्न पनि सकिन्छ।
भिडियो :
गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता दिएर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन्। ‘हामी साङ्जेन भ्यालीसम्मै सडक सञ्जाल पु¥याउँदैछौं’, उनले एभरेस्ट पेडियासँग भने, ‘साङ्जेनमै ४–५ दिन विताउन सकिन्छ।’

एभरेस्ट पेडियाले उनलाई समग्र आमाछोदिङ्मो गाउँपालिकाको पर्यटकीय सम्भावनाका बारेमा केही प्रश्न सोधेको छ। प्रस्तुत छ उनको जवाफ :
बुचुङ तामाङ, अध्यक्ष, आमाछोदिङ्मो गाउँपालिका
