काठमाडौं। हिमालयन एयरलाइन्सले काठमाडौं– बेइजिङ सिधा उडान पुनः सुरु गरेको छ।
कोरोना भाइरसको महामारीसँगै चीनका अधिकांश गन्तव्यको उडान अवरुद्ध भएको थियो। चीनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चीनमा उडानको अनुमति खुला गरेसँगै हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान पुनः सुरु गरेको हो।
कम्पनीका अनुसार बेइजिङमा हिमालयले मंगलबार पहिलो उडान गरेको छ।
हिमालयले ११ जनवरीबाट काठमाडौं–बेइजिङमा साताको एक नियमित उडान गर्ने भएको छ।
बेइजिङको डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले उडान गर्नेछ। कोभिड महामारी यता काठमाडौँलाई चीनको राजधानी जोड्ने यो मात्र एक उडान हुनेछ। उडान हरेक शनिबार हुने भएको छ।