काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाजको उडानमा हुने ढिलासुस्ती प्रति आक्रोश पोख्दै समयमै उडान भर्न निर्देशन दिएका छन् ।
सोमबार निगमको कार्यालयमा निरीक्षण गर्दै मन्त्री किरातीले निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका हुन् ।
एक सेकेन्ड समय पनि महत्त्वपूर्ण हुने भन्दै समयमै जहाज उडाउन निर्देशन दिएका हुन । उनले भने,‘ विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज अडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्। ’
साथै उनले निगमको दैनिक रिर्पोट पठाउन र रिर्पोट नहेरी आफू कार्यलयबाट घर नजाने बताएका छन् । “कुन जहाज कतिबेला उडे रु कहाँ रोकिए रु के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न”, उनले भने ।
साथै उनले टिकटिङमा देखिएको समस्या र निगम सुधारको योजना एक महिना भित्र सुधार गर्न निर्देशन समेत दिएका छन् ।