काठमाडौं। नेपालीपनप्रति गौरव गर्दै नेपालको कला एवम् संस्कृति प्रवद्र्धन गर्ने उद्धेश्यले तमुधिं युकेले भदौ १० गते लन्डनमा ‘नेपाली मेला’ आयोजना गर्यो।
बेलायतमा बसोबास गर्ने नयाँ पुस्ताका नेपालीलाई आफ्नो संस्कृति पहिचान गराउने उद्धेश्यले बर्सेनी यस्तो मेला गरिन्छ।
कार्यक्रममा विभिन्न एक सय ओटा स्टल राखिएको थियो। नेपाली खाना, नेपाली पोशाक र विभिन्न २८ जातिका झाँकीले गर्दा मेला ‘मिनी नेपाल’मा रुपान्तरित बनेको थियो। पुन समुदायका अगुवा समाजसेवी चामबहादुर पुनकाअनुसार कार्यक्रममा म्याग्दीका सभासद खमबीर गर्बुजा पुनको पनि उपश्थिती थियो।


