भक्तपुर। भक्तपुर नगरपालिका–१ इताछेँस्थित नःपुखुमा पानीमाथि चलाउने ‘वाटर साइकल’ सञ्चालनमा आएको छ।
टी एण्ड एन एडभेन्चर कम्पनीले भक्तपुर नगरपालिकाको समन्वयमा नःपुखुमा पोखरीमा आइतबारदेखि वाटर साइकलिङ सञ्चालनमा ल्याएको हो।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले वाटर साइक्लिङ सञ्चालनमा ल्याइएको कम्पनका सञ्चालक सुजन तिमिल्सिनाले बताए।
एउटा वाटर साइकलमा एक पटकमा दुई जना बस्न सकिने सञ्चालक तिमिल्सिनाले जानकारी दिए।