काठमाडाैं। बुधबार थप १९ आराेहीले सर्वाेच्च शिखर सगरमाथा आराेहण गरेका छन्।
इमेजिन नेपालकाे तर्फबाट १९ आराेहीले बुधबार सगरमाथाकाे आराेहण गरेका हुन्। याे इमेजिन नेपालकाे तर्फबाट यस सिजनकाे पहिलाे आराेहण हाे।
कम्पनीका प्रबन्ध निर्देशक तथा ख्यातिप्राप्त हिमाल आरोही मिङमा ‘जी’को नेतृत्वमा आठ जना चिनियाँ आरोही र ११ जना अनुभवी शेर्पा गाइडले आज (बुधबार) विश्वको सर्वोच्च शिखरमा पाइला टेकेकाे इमेजिन नेपालले जनाएकाे छ।
कम्पनीका अनुसार गुओ डेसियोङ (चीन), फुर ग्याल्जेन शेर्पा (नेपाल) र लाक्पा तेन्डी शेर्पा (नेपाल)ले बिहान ६ः२५ बजे, मो साओवेइ (चीन) र लाक्पा सोनाम शेर्पा (नेपाल)ले बिहान ६ः११ बजे, लिउ सिएनलिङ (चीन), पेमाछिरी शेर्पा (नेपाल) र लाक्पा नुरु शेर्पा (नेपाल)ले बिहान ७ः५६ बजे, लिउ रुइची (चीन) र दिपन गुरुङ (नेपाल)ले बिहान ८ः०३ बजे, सोंग युशिन (चीन), दावा तेन्जिङ शेर्पा (नेपाल), न्गिम दोर्जे शेर्पा (नेपाल), फेङ सियाओजुन (चीन) र न्गिमा छिरी शेर्पा (नेपाल)ले बिहान ९ः०५ बजे, हुआङ झिमेङ (चीन), लाक्पा तामाङ (नेपाल) र न्गिमा नुरु शेर्पा (नेपाल)ले बिहान ९ः१३ बजे तथा झाङ डेकी (चीन) र आङ्दु शेर्पा (नेपाल)ले दिउँसाे १ः३० बजे सगरमाथा चुचुराेमा पाइला टेकेका थिए।
आजै सेभेन समिट ट्रेक्सकाे तर्फबाट २२ र एटके एक्सपेडिसनकाे तर्फबाट १३ आराेहीले सगरमाथाकाे सफल आराेहण गरेका थिए।
यस वसन्त ऋतुमा सगरमाथा आराेहणका लागि ४५ टाेलीका चार बढी आराेहीले अनुमति लिएका छन्। तीमध्ये बुधबार यस सिजनकाे पहिलाे दिन आराेहीहरू सगरमाथा चढेका हुन्।