काठमाडौं। नेपालमा प्राकृतिक स्वास्थ्यको व्यावहारिक अभ्यास गराउँदै आएको अग्रणी संस्था ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यलाई नुवाकोटको गुर्जे भन्ज्याङ क्षेत्रमा पदयात्रा गराएको छ।
उसले जेठको ९ गते शनिबार उनीहरूलाई नुवाकोटको चौकी भन्ज्याङदेखि गुर्जे (छोङ छोङ) झरना, समुत्थान होमस्टे हुँदै गुरुङ बस्तीसम्म करिब १२ किलोमिटर पदयात्रा गराएको हो। बाटोछेउका ऐँसेलु खाँदै झरनामा पुग्दा उनीहरु रमाएका थिए।
समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा घन्काउँदै उनीहरूले पदयात्रा गरेका थिए। पदयात्रामा समुत्थान होमस्टेका अध्यक्ष सामाजिक अभियन्ता मणिराज डंगोल र शिवपुरी गाउँपालिकाका वडा नं. ६ का अध्यक्ष विष्णु श्रेष्ठले पथप्रदर्शकको भूमिका निर्वाह गरी सहयोग गरेका थिए।
समुत्थान होमस्टेबाट उकालो लाग्दै पदयात्री
उनीहरूलाई समुत्थान होमस्टेमा तीन बराबर आहार (एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद) खुवाइएको थियो। पर्यटनकर्मी शुक्रराज पौडेलको समूहले खानाको व्यवस्थापन मिलाएको थियो।
खानापछि स्वास्थ्यवर्द्धक गीतमा नाचगान गरेर उनीहरू गुरुङ बस्तीसम्म हिँडेका थिए।
‘हामीले ऐँसुल, काफल र चुत्रो खाँदै पदयात्रा गर्यौँ’, हाइकिङविज्ञ महर्जनले भनिन्, ‘मनसुनी पदयात्रामा रोमाञ्चक अनुभव सँगाल्न पायौं।’
हाइकिङविज्ञ राम देवी महर्जन
स्मरणीय छ, यस संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा पदयात्रा गराउँदै आएको छ। उसको पदयात्रामा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। त्यसैले स्वास्थ्यवर्द्धक खाना मात्र खुवाइन्छ। र, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिन्छ।
समूहको अर्को हाइकिङ जेठको चौंथो शनिबार फरक ठाउँमा हुनेछ।
हेर्नुहोस् हाइकिङका थप तस्बिरहरू:
-1748312639.JPG)
-1748312635.JPG)
-1748312629.JPG)
-1748312622.JPG)
-1748312619.JPG)
-1748312616.JPG)
-1748312594.JPG)
-1748312594.JPG)
-1748312587.JPG)
-1748312586.JPG)
-1748312581.JPG)
-1748312577.JPG)
-1748312572.JPG)
-1748312565.JPG)
-1748312563.JPG)