काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न राष्ट्रिय साहित्यिक पुरस्कारहरू घोषणा गरेको छ।
मन्त्रालयले आदिकवि भानुभक्त आचार्य, इतिहास शिरोमणि बाबुराम आचार्य, गोपालप्रसाद रिमाल, शताब्दी पुरुष सत्यमोहन जोशी र युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि नै स्वीकृत कार्यविधिहरू अनुसार पुरस्कार प्रदान गरिने मन्त्रालयले जानकारी दिएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार मिति २०८२ असार ६ गतेका दिन देहायका स्रष्टाहरूलाई सम्मान गरिने भएको हो। कार्यक्रमको मिति, स्थान र समय भने पछि जानकारी गराइने छ।
पुरस्कृत स्रष्टाहरूको सूची यसप्रकार छ :
आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार
प्रा. डा. रामप्रसाद यात्री, एक लाख रुपैयाँ राशिसहित (गुल्मी)
इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार
डा. जीन बेट्ज, दुई लाख रुपैयाँ राशिसहित (बेलायत)
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार
भरत बहादुर भण्डारी (साेझाे गाउँले), एक लाख रुपैयाँ राशिसहित
किरण राई ‘किशे चाम्लिङ राई’, नाटक विधामा
शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार
प्रा. डा. वीणा पौड्याल
युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार
डा. देवीप्रसाद नेपाल
रामकृष्ण सापकोटा (सहसचिव)