काठमाडौं
चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा ‘सिल्क रोड इकोज, आर्ट युनाइट्स हार्टस’ शीर्षक कला प्रदर्शनी भइरहेको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको आयोजनामा जारी प्रदर्शनीमा नेपालका ४२ र चीनका ६० कलाकृति राखिएका छन्।
प्रदर्शनीको उद्घाटन पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छेन सङले गरेका थिए। यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभई, दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

यसै सिलसिलामा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली भन्छन्, ‘यस कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिमा गहिरो भूमिका खेल्छ। कला सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभई एकताबद्ध गर्ने एउटा पुल पनि हो।’
प्रदर्शनी शुभारम्भ कार्यक्रममा चीनियाँ राजदूत सङले दुई देशका कलाकारलाई एकै मञ्चमा देख्न पाउँदा सुखानुभूति भएको बताएका थिए।
प्रदर्शनीमा नेपालका कलाकारहरू नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, लालकाजी लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, मानबहादुर दोङ, एससी सुमन, झिग्मे लामा, लालमान लामा, सुन्दर सिंख्वाल, निरिमाया लामा, लोक चित्रकार, मुक्तिसिंह थापा, पूर्णप्रसाद ह्योजु, शङ्कर जोशी, सीमा शर्मा, उमाशङ्कर साह, सीतादेवी कर्ण, नवीन्द्रमान राजभण्डारी, आशा डङ्गोल, नेमबहादुर गोले, केशवराज खनाल, लीलाधर केसी, दामोदर बराल, उजयराज बज्राचार्य, एनबी गुरुङ, मनोज तामाङ, सम्झना राजभण्डारी, राजकुमार रानामगर, माइला दोङ, रामनारायण महतो, रुबी पाठक, राजन महर्जन, रसिक राज, साइला लामा (मङ्गल), पृथ्वी श्रेष्ठ, विनोद लिम्बू र आरती साहका चित्र राखिएका छन्।




प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनी फलदायी भएको बिहीबार एभरेस्ट पेडियालाई सुनाए। साउन १७ गते सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ। यसको क्युरेटर हुन्, कलाकार प्रदीप शाक्य।
प्रदर्शनीका थप तस्बिरहरू




