प्रकृति र अध्यात्मको दोभान हो, बडिमालिका। आध्यात्मिक भूमि हो। देवीको पाउमा पुग्दा मनमा शक्ति प्राप्त हुन्छ। शरीरमा बेग्लै खाले ऊर्जा मिल्छ। यो वर्ष जनै पूर्णे मेलामा बडिमालिकामा पुग्दा लाग्यो, धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको ‘स्वर्ग’ यही हो।

बाजुराको त्रिवेणी नगरपालिका–६ मा अवस्थित बडिमालिका (४,३०० मिटर)। बडिमालिकाको दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। त्यसैले हजारौंले जर्नेपूर्णे मेला भर्दछन्।

विशेषतः सुदूरपश्चिममा प्रख्यात यी देवी पछिल्ला वर्षमा स्वदेश तथा विदेशमा समेत चर्चित बन्दै गएकी छन्। केही समयअघि मात्र नेपाली सेनाले प्यागोडा शैलीमा कलात्मक मन्दिर बनाइदिएको छ। यहाँ कालिकोट र बाजुराका पूजारीले पूजा गर्ने चलन छ।

हामी धनगढीबाट ३५ जनाको टोली त्यहाँ पुगेका थियौं। ८ दिनमा बडिमालिका दर्शन गरेर धनगढी फर्कियौं। हामी मार्तडीबाट त्रिवेणी हुँदै पुगेका हौं। फर्कंदा नाट्यश्वरी भएर फर्कियौं।
मनसुनी याम, चारैतिर हरियाली थियो। विशाल पाटनमा रंगविरंगका भुइँफुल फूलेका थिए। त्यसमाथि तिर्थालुको लर्कन। एकदमै रमाइलो वातावरण थियो। मन्दिरमा पुग्दा आध्यात्मिक चिन्तनले भावुक बनें। लाग्यो जीवनमा एकपटक आइपुग्नैपर्ने गन्तव्य रहेछ, बडिमालिका।

बडिमालिकामा पुगेर मैले ‘सुन्दर सुदूरपश्चिम’ अभियानका परिकल्पनाकार एवम् अभियन्ता धनगढी महानगरपालिकाका आदरणीय मेयर गोपी हमाललाई सम्झें। उहाँकै सक्रियतामा बडिमालिकासहित सुदूरका गन्तव्य चिनाउने अभियान चलेको हो। मैले बडिमालिकासँग उहाँको स्वास्थ्य लाभको कामना गरें।
स्वस्थानी व्रतकथा अनुसार श्री महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा बाजुराको मल्लागिरी पर्वतमा सतिदेवीको बायाँ कुम पतन भयो। बायाँ कुम पतन भएको त्यही पर्वतलाई मालिका हुँदै बडिमालिका भनिएको भनाई छ। यहाँ दैवी शक्तिका रुपमा मालिकाको बसोबास छ।

बडिमालिकामा पुगेर मैले ‘सुन्दर सुदूरपश्चिम’ अभियानका परिकल्पनाकार एवम् अभियन्ता धनगढी महानगरपालिकाका आदरणीय मेयर गोपी हमाललाई सम्झें। उहाँकै सक्रियतामा बडिमालिकासहित सुदूरका गन्तव्य चिनाउने अभियान चलेको हो। यसपटक बडिमालिकाका लागि धनगढी महानगरपालिकाले पनि पूजा लिएर गएको थियो। आदरणीय मेयरसाबको स्वास्थ्यमा समस्या देखिएको छ। त्यसैले मैले बडिमालिकासँग उहाँको स्वास्थ्य लाभको कामना गरें।
जनक कुँवर
हामी सबै मन्दिरमा पुग्यौं।
आखिर इच्छाशक्ति भएमा पुग्न सकिँदो रहेछ।
अन्त्यमा, बडिमालिका पदयात्रामा कुनै स्थायी होटल तथा होमस्टे सुबिधा छैन। जैनपूर्णे मेलामा गोठमा बस्न पाइन्छ। सामान्य पाल राखेर खानेबस्ने व्यवस्था पनि मिलाइएको हुन्छ। यहाँ वर्षैभरि पर्यटकीय चहलपहल बढाउन आवश्यक छ।
यसका लागि प्रदेश सरकार र स्थानीय गाउँपालिकाले ठाउँठाउँमा बास र खानाका लागि होटल बनाएर भाडामा लगाउन सक्छन्। राम्रो प्रचारप्रसार गर्ने सके बडिमालिका पदमार्ग चम्किन सक्छ।
जय बडिमालिका !
थप तस्बिरहरु:













