पोखरा
संसारमा धेरै किसिमका साहसिक खेल छन्। पोखरामा पनि धमाधम साहसिक खेलहरू थपिँदैछन्। प्याराग्लाइडिङ, कायाकिङ, राफ्टिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिप फ्लायर, साइक्लिङ, क्यानोनिङ, हाइकिङ, हट एयर बेलुन लगायत गतिविधिले पोखरा दिनदिनै जवान बन्दैछ।

साहसिक कामले जीवनलाई सार्थक बनाउन मद्दत गर्दछ। साहसिक खेलबाट आत्मविश्वास बढ्छ। आत्मविश्वासको पहाड चढ्नेहरू नै जीवनमा सफल बन्छन्। जीवन अनुभवको प्रयोगशाला न हो। प्रकृति, संस्कृति, ज्ञान, विज्ञान र जगतलाई बुझ्ने प्रयोगशाला। आखिर भोलि मरेर लानु के छ र, त्यसैले जिउँदैमा अनुभव सँगाल्नुपर्छ।

हट एयर बेलुन नयाँ प्रोडक्टका रुपमा लोकप्रिय बन्दै गएको छ। पोखरामा बेलुन नेपाल कम्पनीले आकाशमा उडाउँछ। बेलुनमा झुन्डाइएको बास्केटमा बसेर हिमाल, ताल, गाउँघर र हरिया डाँडापाखा नियाल्दा सुखानुभूति हुन्छ। त्यसैले मनमा सहास र उत्साह हुनेहरू बेलुनमा उड्छन्।

कुमारी हिमाल माछापुच्छ्रेसँग आँखा जुधाउँदै, पामेबजार, फेवाताल, पञ्चासे डाँडा, नागबेली डाँडापाखा र बस्तीहरूमा नजर डुलाउँदा अलौकिक आनन्द मिल्छ। मौसम खुलेका दिनमा धौलागिरि, अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लर्कन हेर्न पाइन्छ।
मनसुनमा पोखरामा बेलुन उडान हुँदैन । जुन १ देखि बन्द भएको हट एयर बेलुन सेप्टेम्बर १५ बाट फेरि सुरु हुँदैछ ।
सनराइज र सेनसेटको दृश्य पनि सुन्दर देखिन्छ। हिँडेर, गुडेर वा हवाईजहाजबाट देखेको भन्दा फरक दृश्य देखिन्छ बेलुनबाट। त्यसैले जीवनमा एक पटक बेलुनमा उड्दा जीवनभरका लागि मिठो सम्झना रहिरहन्छ।
विशेषतः युवा साहसिक खेलमा रमाउँछन्। त्यसका लागि स्वस्थ शरीर, मनभरि आँट र केही रकम चाहिन्छ। त्यसो त पारिवारिक आनन्दका लागि समेत हट एयर बेलुन उपयुक्त छ। यसमा प्रति यात्रु २० हजार डलर बीमा गरिएको हुन्छ।

बेलुन नेपालसँग फरकफरक यात्रु क्षमताका तीन वटा बेलुन छन्। ६ जना, ८ जना र १२ जना बस्न मिल्ने बास्केट भएका। ऊसँग बेलायत, स्पेन र फ्रान्सका तीन जना अनुभवी पाइलट छन।
बिहान र साँझपख बेलुन उडाइन्छ। लगातार चार घण्टासम्म उडाउन मिल्छ। मनसुनका तीन महिना असार, साउन र भदौमा बेलुन उडाइँदैन।
बेलुनलाई ४ हजार मिटर माथिसम्म उडाउन सकिन्छ। यसमा कुनै इन्जिन हुँदैन, तातो हावाको मद्धतले उडाइन्छ। एलपिजी ग्याँस बालेर बेलुनको हावा तताइन्छ। पाइलटले बेलुनको गति र दिशा नियन्त्रण गर्छन्।
उड्ने बेला मनमा डर लाग्छ। उडिसकेपछि त्यो डरलाई रोमाञ्चक अनुभूतिले छोपिदिन्छ। अनि त उडिरहन मन लाग्छ।
-1756121089.jpeg)
उड्नुअघि सुरक्षा र यात्रुले ध्यान दिनुपर्ने कुराबारे पाइलटले ब्रिफिङ गर्छन्। विशेषतः टेक अफ र ल्यान्डिङका बेला ध्यान पुर्याउनु पर्दछ। आकाशमा पुगेपछि एकोहोरो हेरिरहने कि, तस्बिर पनि खिच्ने ? त्यो तपाईंको खुसी।
उड्दा केही कुरामा भने ख्याल गर्नुपर्छ। उचाइमा चिसो हुने भएकाले माकल टोपी र न्याना लुगा लगाउनु पर्छ। हिल भएको जुत्ता र चप्पल लगाउन मिल्दैन। मादक पदार्थ सेवन गरेर उड्न पाइँदैन।
-1756121183.jpeg)
कम्पनीले चार किसिमका प्याकेज बनाएको छ। बेलुन सफारी प्याकेज, सेलिब्रेसन प्याकेज, प्रोमोसन प्याकेज र फेमिली प्याकेज। बेलुनमा उड्नुको आनन्द लिनेहरू सफारी प्याकेज लिन्छन्। जन्मदिन, एनिभर्सरी वा कुनै शुभकार्य बेलुनमै बसेर मनाउन सेलिब्रेसन प्याकेज उपयुक्त हुन्छ। यसमा कम्पनीले बास्केटलाई विशेष सजावटको व्यवस्था मिलाउँछ। आफ्नो कम्पनी, सामग्री वा संघसंस्थाको प्रवद्र्धन गर्न चाहनेलाई प्रोमोसन प्याकेज। त्यस्तै परिवार वा समूहले फेमिली प्याकेज बुक गर्दा डिस्काउन्ट पाइन्छ।

बेलुनमा नेपालीको आकर्षण बढ्दै गएको छ। बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार यसरी उड्नेहरूमा ४० प्रतिशत नेपाली छन्। त्यसबाहेक ४० प्रतिशत सार्क मुलुकका छन् भने बाँकी २० प्रतिशत अन्य देशका।
बाडेको समूह उत्साहित छ। आउँदो वर्ष थप दुई ओटा बेलुन किनेर ५ वटा पुर्याउने उनीहरूको योजना छ। यसरी नेपालमा निजी क्षेत्रले आफ्नै बलबुतामा पर्यटन विकास गरिरहेको छ।
बेलुन नेपालले अर्को एउटा इतिहास रचेको छ, अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलको, जुन संसारभरका सहासीलाई नेपाल चिनाउन सफल बन्यो।
बेलुुन नेपालले अर्को एउटा इतिहास रचेको छ, अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलको। उसले ठुुलो हिम्मत गरेर सन् २०२४ को डिसेम्बर २४ देखि १ जनवरी सन् २०२४ सम्म पोखरामा महोत्सव गरेर संसारका साहसीहरूको ध्यान नेपालमा तान्यो।र, नेपाललाई साहसिक गन्तव्यका रुपमा चिनाउन सफल भयो।

पोखरामा बेलुन फस्टायो भने मुलुकका अन्य भूभागमा पनि यसको प्रभाव पर्छ। नेपालमा बेलुन उडाउन मिल्ने धेरै ठाउँ छन्। त्यसैले सरकारले पर्यटनमैत्री नीतिनियम बनाएर साहसिक खेललाई प्रोत्साहित गर्नै पर्छ।
विक्रमको सफल उडान
विक्रम बाडे
नेपालको पर्यटन बजारमा हट एयर बेलुनलाई स्थापित गराउने हिरो हुन्, विक्रम बाडे। उनको कम्पनी ‘बेलुन नेपाल’ले पोखरामा बेलुन उडाउँछ। बेलुनमा पर्यटक उड्छन्। यसरी बेलुन विशिष्ट एडभेन्चर टुरिजम प्रोडक्ट बनिसक्यो।
भक्तपुरको नगदेशमा जन्मे÷हुर्केका बाडे ३५ वर्षका भए। उनले विद्यालय जीवनमा छँदा नै घर नजिकै बेलुन उडेको देखेका थिए। तिनताका सनराइज कम्पनीले काठमाडौंमा बेलुन उडाउँथ्यो। उसले सन् १९९८ देखि सन् २००३ सम्म बेलुन उडायो । त्यसपछि कम्पनी बन्द भयो।
बेलुन नेपाल सन् २०१६ मा स्थापना गरिएको हो। यसले सन् २०१८ नोभेम्बर १६ देखि व्याबसायिक रुपमा हट एयर बेलुन उडाउँदै आएको छ। कम्पनीमा बाडेसहित दीपककुमार श्रेष्ठ र सविन महर्जन साझेदार छन्।
बेलुन पर्यटन बाडेको सपना हो। उनी भारतको राजस्थान गएका बेला उडिरहेका हट एयर बेलुन देखे। आफू पनि उडे। उनलाई लाग्यो, नेपालमा पनि यसैगरी बेलुनमा पर्यटकलाई घुमाउन पाए?
उनले गहिरो अध्ययन गरे। र, कम्पनी दर्ता गरे। सरकारबाट उडान अनुमति पाएपछि पोखरा नजिकै धम्पुसमा उडान भरे। पछि फेवाताल किनारबाट व्यावसायिक उडान गर्न थाले। अचेल लेकसाइड नजिकैको लौरुकबाट उडाउँछन्।
‘नेपाललाई हट एयर बेलुन गन्तव्यका रुपमा संसारभर चिनाउने रहर छ’, बेलुन नेपाल कम्पनीका अध्यक्ष बाडे भन्छन्,
‘हाम्रो भविश्य उज्यालो छ।’
बेलुन प्याकेज
बेलुनमा आधा घण्टादेखि ४० मिनेटसम्म उडेको नेपालीले ११ हजार रुपैयाँ, सार्क मुलुक र चीनियाँ नागरिकले १२० डलर र अन्य देशकाले १५० डलर तिर्नु पर्दछ। प्याकेजमा पोखराको लेकसाइडबाट पिकअप, ड्रप, उडान, फोटो र भिडियो सुबिधा हुन्छ। उडान रिजर्भ गर्ने सुबिधा पनि छ।
मनसुनमा बेलुन उडान हुँदैन। त्यसैले जुन १ देखि बन्द भएको हट एयर बेलुन सेप्टेम्बर १५ बाट फेरि सुरु हुँदैछ।
सम्पर्क:
बेलुन नेपाल डट् कम
balloonnepal.com