काठमाडौं। थाइल्यान्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा ‘युएनआईपी–युएन ग्लोरी अवार्ड २०२५’ तथा ‘ग्लोबल मिट’ भव्य रूपमा सम्पन्न भएको छ। युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिटको मुख्य आकर्षणका रूपमा राखिएको थियो।
कार्यक्रममा नौभन्दा बढी मुलुकका शान्तिवादी नेता, मानवअधिकारकर्मी, कूटनीतिज्ञ र सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।
यस अवसरमा साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, शान्ति अभियान, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र महिला सशक्तीकरणलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वलाई ‘अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको थियो। साथै, शान्ति र मानवतावादी सेवामा निरन्तर संलग्न १६ जना विशिष्ट व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ प्रदान गरिएको थियो।
१४ जना अन्तर्राष्ट्रिय व्यक्तित्व सम्मानित भएका छन्। सम्मानितमध्ये थाइल्यान्डकी व्यवसायी तथा पूर्व थाई–नेपाली समाज अध्यक्ष भावना राई (व्यावसायिक नेतृत्व), नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (पर्यटन), म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की (सामाजिक सेवा), कम्बोडियाका लालसिंह खड्का (हस्पिटालिटी), साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा (व्यवसायिक प्रशासन) लगायतका प्रतिष्ठित व्यक्तित्व रहेका छन्।
त्यस्तै, बंगलादेशका राजु शाह (शान्ति तथा वकालत), भारतका डा. श्रीनिवास एलुरी (अन्तर्राष्ट्रिय सम्बन्ध), श्रीलंकाकी डा. डी.एन. जेरिना (महिला सशक्तीकरण), अमेरिकाकी वातावरण इञ्जिनियर हिल्लो रे (वातावरणीय इञ्जिनियरिङ), इटलीका साहित्यकार डा. ओरलान्डो सिमिएले, जापानका डा. फुसाओ कितागावा (स्वास्थ्य), इटलीकै डा. भिसेन्जो म्यान्कुसो (खेलकुद व्यवस्थापन), भारतका विश्वनन्द सिन्हा, कोलम्बियाकी कवि आन्द्रिया एनसिको रुइज तथा फिलिपिन्सकी जेजाबेक मारमार्कलाई साहित्यतर्फ सम्मान गरिएको थियो।
नेपालतर्फ १३ जना व्यक्तित्वले ‘नेपाली उत्कृष्टता पुरस्कार’ प्राप्त गरे। जसमा सुरेन्द्र वाग्ले (अनुसन्धान), सुचिता कफ्ले (साहित्य), सुमित्रा थापा (महिला उद्यमशीलता), सावित्री थापा खनाल (सामाजिक योगदान), कृष्णहरी अर्याल (व्यवसायिक उद्यमशीलता), गंगाबहादुर खड्का (व्यावसायिक नेतृत्व), सुमन चिमरिया (कृषि–आधारित उद्योग), दावा गुम्बो तामाङ (राजनीति तथा स्थानीय शासन), छेवाङ दोर्जे तामाङ (सार्वजनिक सेवा), हेराकाजी महर्जन ९
(बहुक्षेत्रीय योगदान), अशेष कुमार बुढाथोकी (आयात–निर्यात), विवेक पौडेल (रोजगारी) र कुमारप्रसाद चौलागाईं (मिडिया तथा पत्रकारिता) रहेका छन्।
शान्ति र मानवतामा निरन्तर योगदान दिने १६ जना व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ दिइएको छ। तीमध्ये भिक्षु डा. राजु लामा पी. कोंन्दन, सरोज ओझा, रवी राज शाही, दिपिका रायमाझी, दिपक चन्द्र गौतम, पवित्रा भण्डारी, हिक्मत दाहाल, विमल कुमार भट्टराई, मञ्जु श्रेष्ठ, हरिशरण मानन्धर, दिपप्रसाद धामला, मोति तामाङ, विष्णुप्रसाद अधिकारी, केशव बस्नेत, निकिता श्रेष्ठ र शिवहरी खनाल रहेका छन्।
समारोहमा विभिन्न वक्ताहरूले विश्व शान्तिका लागि एकता र सहकार्यको महत्वमा जोड दिए। साल्ट ट्रेडिङ कर्पोरेशनका ब्रजेश कुमार झा, म्यान्मारका कुमार कार्की, व्यवसायी भावना राई, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, चार्टर्ड एकाउण्टेन्ट विवेक पौडेल र जनप्रतिनिधि दावा गुम्बो तामाङले शान्तिका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, युएनआईपी बंगलादेश च्याप्टर अध्यक्ष राजु शाहले यो पुरस्कार शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए। ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाले सीमाना नाघ्ने शक्ति भएको उल्लेख गर्दै यसले शान्ति र समृद्धिमा योगदान पुर्याउने बताए।
युएनआईपी नेपाल च्याप्टर अध्यक्ष भिक्षु डा. राजु लामा पी. कोंन्दनले शान्ति अभ्यास सबै समुदायमा समान रूपमा हुनुपर्नेमा जोड दिए। युएनआईपी थाइल्यान्ड अध्यक्ष डा. श्रीवान किङ्जुनले नेपालले विश्व शान्तिमा खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा युएनआईपी नेपालका कार्यकारी अध्यक्ष रवी राज शाहीले स्वागत मन्तव्य राखे भने महासचिव दिपक चन्द्र गौतमले धन्यवाद ज्ञापन गरे। सहभागीहरूले भगवान बुद्धसम्बन्धी वृत्तचित्र पनि अवलोकन गरेका थिए।
समारोह प्रमुख सरोज ओझाका अनुसार, यस कार्यक्रमले बुद्ध जन्मभूमि नेपालबाट विश्वभरि शान्ति र करुणाको सन्देश फैलाएको छ।