काठमाडौं । दोलखाको रोल्वालिङ क्षेत्रमा अवस्थित हिमताल ‘च्छो रोल्पा’ (४५८० मिटर) मा ललितपुरको सामाजिक संस्था ‘प्रकृतिप्रेमी समूह’का सदस्यहरूले पदयात्रा गरेर उचित आहार, विहार र विचारबाट निरोगी र आनन्दित बन्ने सन्देश बाँडेका छन्।
पदयात्रामा प्रकृतिप्रेमी समूह
स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही असोज २२ गते संस्थाकी सचिव राम देवी महर्जनको नेतृत्वमा काठमाडौंबाट निस्केको १३ जनाको टोली ७ दिने पदयात्रा पुरा गरेर असोज २८ गते काठमाडौं फर्किएको छ।
गौरीशंकर हिमाल
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा लेखिएको निलो क्याप लगाएका पदयात्रीले शाकाहारी भोजन गरेर पदयात्रा गरेका हुन्। समूहको यात्रामा जंकफुड, फास्टफुड, मांस र मदिरा निषेध छ।
उनीहरूले ठाउँठाउँमा पर्यटनकर्मीसँग अन्तरक्रिया पनि गरे। रोल्वालिङ क्षेत्रका पर्यटन अभियन्ता एवम् सगरमाथा आरोही दाबाछिरी शेर्पाले त्यस क्षेत्रको पर्यटनको इतिहास, अबस्था र आवश्यकताको विषयमा जानकारी दिएका थिए।
त्यसैगरी टोली नेता एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक महर्जनले उचित आहार, बिहार र विचार (उआविवि)का विषयमा सचेत गराएकी थिइन्। उनले पदमार्गको अन्तिम बस्ती ‘ना’ गाउँमा पदयात्रीलाई थकान मेटाउन ‘रिल्याक्ससेसन मेडिटेसन’ समेत गराइन्।
हाइकिङविज्ञ राम देवी महर्जन
ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा घन्काउँदै हिँडेका पदयात्रीले च्छो रोल्पाको किनारमा पनि त्यही नारा लगाएका थिए। मौसम सफा भएकाले चारैतिर झलमल्ल हिमाल खुलेका थिए। हिमालको उज्यालोमा चारैतिर अवलोकन गर्दै, तस्बिर र भिडियो खिच्न पाउँदा पदयात्री रमाए।
च्छो रोल्पामा प्रकृतिप्रेमी समूह
पहिरोले गर्दा ठाउँठाउँमा पदमार्ग बिग्रिएको अबस्था छ। साथै १८ असोजको बाढीले ठेमलुङ खोलाको पुल बगाएपछि अस्थायी साँघु हालिएको छ। वेगले बगेको रोल्वालिङ खोलामाथि साँघुमा जोखिमपूर्ण यात्रा गर्न पदयात्री बाध्य छन्।
टोली नेता रामदेवीले सबैको मनोबल बढाई कुशलतापूर्वक पदयात्रा गराइन्।
‘च्छो रोल्पा जीवनमा पुग्नै पर्ने ठाउँ रहेछ,, सबैलाई समय मिलाएर भ्रमण गरिदिनु हुन अनुरोध गर्दछु’, हाइकिङविज्ञ महर्जन भन्छिन्, ‘उचाइको यात्रा भएकाले ठाउँठाउमा आराम गर्दै र तातोपानी पिउँदै अक्लमटाइज गर्दै हिँड्नु पर्दछ।’
किशोर हाइकर्स अमिताभ डंगोल
पदयात्रा टोलीमा १८ वर्षका किशोर अमिताभ डँगोलदेखि ६८ वर्षका ज्येष्ठ नागरिक ओम प्रकाश श्रेष्ठसम्म सहभागी थिए। टोलीका अन्य सदस्यहरूमा रमेश सुवेदीउषा थापा, सुमन लुइँटेल, अमृत भादगाउँले, राजुभाइ सिं, रत्नबहादुर महर्जन, उत्तमरत्न शाक्य, बीना अवाले, बाबुराजा महर्जन र कृष्ण श्रेष्ठ सहभागी थिए।
ज्येष्ठ हाइकर्स ओम प्रकाश श्रेष्ठ
स्मरणीय छ, प्रकृतिप्रेमी समूह प्राकृतिक स्वास्थ्यका पक्षमा पैरवी गर्दै आएको संस्था हो। निरोगी समाज निर्माण अभियानमा यसले दुई दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसमध्ये बिहारमा पर्ने हाइकिङ÷टे«किङ एउटा हो। यसले हरेक महिनाको दुई पटक काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ भने वर्षका दुई–तीन पटक मुलुकभित्र लामो दुरीको पदयात्रा पनि गराउँछ।
पदमार्गको झरना
























