काठमाडौं
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ मा अवस्थित ‘महभिर झरना’ पर्यटकको रोजाइमा पर्दै गएको छ। हाइकिङ गन्तव्यका रुपमा स्थापित यही झरनामा शनिबार ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्ना सदस्यलाई पदयात्रा गराएको छ।
---
मकवानपुरको महभिर झरना ।
घमाइलो दिनमा मार्खुस्थित इन्द्रसरोवरबाट पदयात्रा गरेर उनीहरूलाई झरनामा पु¥याइएको थियो। समूहकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा महभिर झरनामा पुुगेका पदयात्रीले स्वास्थ्यको नारा घन्काए, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा ।’
हाइकिङविज्ञ राम देवी महर्जन ।
पहिलापहिला भित्ताको चट्टानमा भिर माहुरी बस्थे। तिनको मह काढिन्थ्यो। त्यसैले यसलाई महभिर भनिन्थ्यो। र, ठाडो खोलाको पानीबाट बगेको झरनालाई ‘महभिर झरना’ भनियो। अचेल यसले सामाजिक सञ्जालमा ‘मोहिनी झरना’ नाम पाएको छ। सबैलाई मोहनी लगाउने भएकाले त्यसो भनिएको।
हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा मकवानपुरको महभिर झरनामा पुुगेका पदयात्रीले स्वास्थ्यको नारा घन्काए, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा ।’
झरनास्थलमा पदयात्री पुग्दा हावामा पानी उडिरहेको थियो। पदयात्रीले एक टकले झरनालाई हेरे। तस्बिर खिचे। टिकटक बनाए। रोमाञ्चक अनुुभूति सँगाले।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका पदयात्री लामबद्ध भएर हिँडे। हाइकिङविज्ञ महर्जनले ठाउँठाउँमा स्याउ र पानी ब्रेक गर्दै पदयात्रा गराइन्। उनीहरूलाई झरना अवलोकनपछि त्यहीँ डाँडामा खाना खुवाइएको थियो। स्थानीय माइला साङ्बोको खाजाघरमा तीन बराबर खाना (दुईथरि तरकारी, भात, दाल, अचार र सलाद) खुवाइयो।
खाजाघर सञ्चालक माइला साङ्बोको परिवार ।
झरना क्षेत्रमा ठाडो खोला गाउँ छ, जहाँ होटल, खाजाघर र होमस्टे सुबिधा छ। गाउँसम्म मोटरबाइकमा पनि जान सकिन्छ। तर, धेरैजसो हाइकिङ गर्छन्। छोटो दुरीमा हिँड्न चाहनेहरू भने डुङ्गामा इन्द्रसरोवर वारिपारी गर्छन्।
हाइकर्सलाई गएकै बाटो फर्काइयो। फर्कनुअघि उनीहरूले स्थानीय उत्पादन बरेला, कागती आदि कोसेली किनेका थिए।

‘हाइकिङका लागि महभिर झरना राम्रो गन्तव्य हो’, हाइकिङविज्ञ महर्जन भन्छिन्, ‘एक रात यतै बस्ने गरी आउनेहरूका लागि पनि उपयुक्त छ।’
स्मरणीय छ, यस संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ। र, वर्षका दुुई तीन पटक काठमाडौं बाहिर ट्रेकिङ पनि गराउँछ। उसले तिहारअघि मात्र दोलखाको च्छो रोल्पा पदयात्रा गराएको थियो।

संस्थाको हाइकिङ तथा ट्रेकिङमा स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। जंक फुड, फास्ट फुुड, मदिरा र मासु निषेध छ।
इन्द्रसरोवर ।
















