काठमाडौं
‘करबाकेली इको ट्रेक’को केन्द्रबिन्दुमा पर्ने म्याग्दीको काफलडाँडामा मङ्सिर ९ गते करबाकेली बाबाको विशेष पूजा हुँदैछ। ‘करबाकेली बाबा’ पुन समुदायका कुल देवता हुन्। उनको सम्मानमा अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा भव्य करबाकेली थान बनाइएको छ।
म्याग्दीको काफलडाँडामा करबाकेली थान ।
यही थानमा वर्षका दुुई पटक जेठको पहिलो उजेली मङ्गलबार वा पूर्णेका दिनमा र मङ्सिरमा पहिलो उजेली मङ्गलबार वा पूर्णेका दिनमा विशेष पूजा गरिन्छ। यसरी पूजा गरेमा मनोकामना पुरा हुने जनविश्वास छ।
यतिबेला मौसम खुलेकाले करबाकेली थानबाट चुरेन, गुर्जा, धौलागिरि, अन्नपूर्णदेखि माछापुच्छे« हिमालसम्मको लामो लर्कन देखिन्छ। त्यसैले यतिबेला काफलडाँडामा यात्रा गर्दा खुलेका हिमालसँगै धार्मिक अनुष्ठानमा सहभागिता जनाउन पाइन्छ।
जीवनसाथी राधाका साथमा सामाजिक अभियन्ता चामबहादुर पुन ।
काफलडाँडालाई धार्मिक एवम् पर्यटकीय गन्तव्य बनाउने अभियानको नेतृत्व एकजना बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुनले गरेका हुन्। उनकै परिकल्पना एवम् अगुवाइमा काफलडाँडामा करबाकेली थान, पुन सामुुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर बनाउनुका साथै पुनहिलबाट बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्रान्डिङ गरिएको हो।
करबाकेली थानबाट देखिएको धौलागिरि हिमसृङ्खला ।
‘करबाकेली पूजाका अबसरमा काफलडाँडा घुम्दा धेरै कुरा हेर्न र सिक्न पाइन्छ’, सामाजिक अभियन्ता पुन भन्छन्,‘तपाईंहरू पनि पूजाका बेला हाम्रो गाउँमा आउनुस् है !’
सम्पर्क
चामबहादुर पुन
सामाजिक अभियन्ता
फोन ः ९८४९६२६१२९