ललितपुर |
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूलमन्त्र बोकेर निरोगी समाज निर्माण अभियानमा समर्पित ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरूलाई शनिबार ललितपुरको लेले क्षेत्रमा स्वास्थ्यवद्र्धक पदयात्रा गराएको छ।
उनीहरूलाई भारदेउको मानेडाँडासम्म गाडीमा पुर्याइएको थियो। त्यहाँबाट जङ्गलको बाटो लामिडाँडा हुँदै देउरालीसम्म पदयात्रा गराइयो। देउरालीबाट अलिक माथि डाँडामा पुु¥याएर खाना खुवाएपछि देउराली हुँदै लेले उपत्यकाको मनकामना मन्दिरसम्म पदयात्रा गराइयो।

उनीहरूले करिब १२ किलोमिटर पदयात्रा गरे। उत्तरमा हिमाल छर्लङ्ग खुलेका थिए। अन्नपूर्ण, मनास्लु, गणेश, रोल्वालिङ हिमसृङ्खलाका दृश्यसँगै जङ्गलको हरियाली वातावरणमा हिँड्न पाउँदा पदयात्री रमाए। उनीहरूले तस्बिर खिचे, टिकटक बनाए। एक टकले हिमाल हेरिरहे।

‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक एवम् संस्थाकी सचिव राम देवी महर्जनको नेतृत्वमा हाइकर्सहरूले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मन्त्रोचारण गर्दै पदयात्रा गरेका थिए। देउराली माथि डाँडामा हाइकर्सलाई तीन बराबर आहार (समय बजि, तरकारी र सलाद) खुवाइएको थियो।
‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक एवम् हाइकिङविज्ञ राम देवी महर्जन
‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक एवम् संस्थाकी सचिव राम देवी महर्जनको नेतृत्वमा हाइकर्सहरूले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मन्त्रोचारण गर्दै पदयात्रा गरेका थिए।
खानापछि हाइकिङविज्ञ महर्जनले स्वास्थ्य ज्ञान बाँडेकी थिइन्। उनले कब्जियत नै सबै रोगको आधार भएको बताउँदै कब्जियत किन हुन्छ र कसरी यसको समाधान गर्ने भन्ने उपाय सुुझाइन्।
‘हामीले हरेक दिन तीन बराबर आहार (एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद) सेवन गरेमा कब्जियत हुँदैन’, उनले भनिन्, ‘उचित आहार, विहार र विचारले मात्र मानिस निरोगी हुन्छ।’
खानापछि अन्तरक्रिया गरिएको थियो। अन्तिममा स्वास्थ्यवद्र्धक गीतमा नाचगान गरियो।

यो पदमार्ग सहासिक छ। ठाडै उकालो र ठाडै ओरालो भएकाले होसपूर्वक हिँड्नु पर्दछ। पदमार्गको देउरालीबाट फूल्चोकीसम्म पनि पदयात्रा गर्न मिल्छ।
लेले उपत्यकामा एकै ठाउँमा मनकामना र फूल्चोकी माईका मन्दिर छन्। यहाँसम्म ललितपुरको सातदोबाटोबाट चापागाउँ, लेले हुँदै मोटरमा पनि यात्रा गर्न सकिन्छ।

स्मरणीय छ, प्रकृतिप्रेमी समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध हुुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ।
अब माघको दोस्रो साता फरक ठाउँमा हाइकिङ हुनेछ।























