काठमाडौं
थकाली खानाका लागि लोकप्रिय ‘मोनालिसा थकाली रेस्टुरेन्ट’ को सञ्चालक मोनालिसा हस्पिटालिटी प्रा.लि.ले शनिबार एउटा रमाइलो प्रतियोगिता गर्दैछ। उसले काठमाडौंमा मौलिक थकाली खाना प्रवद्र्धन गर्ने उद्धेश्यले ‘दालभात खाने प्रतियोगिता’ गर्न लागेको हो।
काठमाडौंको भाटभटेनी मन्दिर सँगैको ‘मोनालिसा थकाली रेस्टुरेन्ट’मा शनिबार दिउँसो २ बजे हुने प्रतियोगितामा जसले १५ मिनेटमा बढी भात खान्छ उही विजेता बन्नेछ।
प्रतियोगितामा पहिलो हुनेले डेढ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन्। मोनालिसाकी चिफ अपरेटिङ अफिसर निर्मला वलीका अनुसार उनीहरूलाई १५ मिनेटको समय दिइनेछ। त्यो अबधिमा थकाली थाली खाइसक्नुपर्नेछ। साथै जसले थपेर बढीभन्दा बढी भात खान्छ, उसैलाई विजेता घोषणा गरिनेछ।

निर्मला वली
पाँच सय रुपैयाँ तिरेपछि प्रतियोगितामा सहभागिता जनाउन पाइनेछ। यसका लागि जनवरी २० देखि २९ गतेसम्म ‘क्वालिफिकेसन राउन्ड’ सञ्चालन भइरहेको छ। यो समयमा सबैभन्दा छिटो थकाली थाली खानेमध्ये १० जना फाइनल राउन्डमा पुग्नेछन्।
प्रतियोगितामा पहिलो हुनेले ट्रफी, नगद १५ हजार रुपैयाँ, काठमाडौं–पोखरा–काठमाडौं दुईतर्फी हवाई टिकट, दुई रात पोखरामा बास सुबिधा पाउनेछन्। त्यसैगरी मुस्ताङको नाउरीकोटमा अवस्थित ‘लज थासाङ भिलेज’मा दुई रात खाना र बास सुबिधा पाउनेछन्। पोखराबाट आउन र जान डिलक्स बस सुबिधा हुनेछ।
हाई इन विदेशीमाझ लोकप्रिय लज थासाङ भिलेज मुस्ताङको गहना हो।

लज थासाङ भिलेज मुस्ताङ
त्यसैगरी दोस्रो हुनेले ट्रफी, ५ हजार नगद, पोखराको होटल म्याजेस्टिक लेक फ्रन्टमा दुुई रात बास, काठमाडौंका मोनालिसा र डल्ले ममबाट खानाको कुपन पाउनेछन्। र, तेस्रो पुरस्कारस्वरुप ट्रफी, ३ हजार रुपैयाँ नगद र खानाका कुपन पाउनेछन्।
प्रतियोगितामा सहभागि दर्शकहरूले रमाइला खेलमा सहभागिता जनाउन पाउनुका साथै नगद र खानाका भौचर समेत जित्न सक्नेछन्।
सुरक्षाका लागि डाक्टर र एम्बुलेन्स राखिने आयोजकले जनाएको छ।
थकाली जाति र थकाली सभ्यताको चिनारी गराउन प्रतियोगिताले महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ।

मोनालिसा थकाली रेस्टुरेन्ट
पोखराको ड्यामसाइट र काठमाडौंको नक्साल नजिक भाटभटेनीसँगै रहेको मोनालिसा थकाली रेस्टुरेन्ट लोकप्रिय छ। थकाली खानाको ब्रान्डिङ र मार्केटिङमा यसको योगदान अतुलनीय छ। सन् १९८० मा पोखरामा उद्यमी विमल शेरचन र उषा शेरचन दम्पत्तिले खोलेको यो रेस्टुरेन्ट थकाली खानाको पहिलो आधुनिक रेस्टुराँ हो। पोखराको रेखदेख उषाले गर्दै आएकी छिन् भने काठमाडौंको शाखा उनका छोराबुहारीले। मौलिक थकाली स्वाद चाख्न चाहनेहरूका लागि मोनालिसा उपयुक्त छ।

उषा शेरचन

