काठमाडौं
फर्पिङमा अवस्थित नेपालको पहिलो जलविद्युत उत्पादन गृह क्षेत्रमा शनिबार मुलुकमा स्थापित कविहरूको जमघट भएको छ।
सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङकुर, वर्तमान कविता समूह र शब्दपथले आयोजना गरेको कार्यक्रममा कविहरूले अलिअलि घाम र बतासमा प्रकृतिको रमणीय स्पर्शसहित कविता सुनाएका थिए।
संयुक्त वृहत् कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कवि किशोर पहाडी
ऐतिहासिक महत्व बोकेको क्षेत्रमा कविता वाचन गर्दा सबै गदगद थिए। स्मरणीय छ, वि.सं. १९६८ सालमा राणाकालिन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरी चन्द्रज्योति नाम दिइएको विजुली दरबारमा जोडिएको थियो।
कार्यक्रममा कृष्ण कँडेल, विश्व सिग्देल, चन्द्रबहादुर लामा, कृष्णकुमार श्रेष्ठ, गोविन्दबहादुर खड्का, चन्द्रलाल तामाङ, विनोद खत्री, दीपक लोहनी, धन्वन्तरी मिश्र, नवीन्द्रराज पाण्डे, नारायण तिवारी, प्रमोद प्रधान, बालकृष्ण श्रेष्ठ पासा, मुरारि सिग्देल, रजनी खत्री, रमेश बलामी, राजेन्द्र शलभ, रामगोपाल आशुतोष, अच्युत घिमिरे, राजाराम राउत, विधान आचार्य, विश्वनाथ वाग्ले, विश्वविमोहन श्रेष्ठ, विष्णुविभु घिमिरे, शेखर अर्याल, सञ्जय सुमन, सविता केसी बोहरा, सरिता बलामी, सुभाषचन्द्र पौडेल भीमफेदीया, सुशान्त केसी, स्नेही शिव, रामराजा केसी, धीरकुमार श्रेष्ठ, रमी प्रिया, डा. शेखरकुमार श्रेष्ठ, भोगेन्द्र लिङ्देन र किशोर पहाडीले रचना वाचन गरेका थिए।
पर्यटन विषयमा वाचन गरिएका कविताहरू शब्दाङकुरमा अंग्रेजीमा अनुवाद गरी प्रकाशन गरिने छ।
स्थानीयले नेवारी खाजा समेबजीले स्वागत गरेका थिए भने कविहरूले ऐतिहासिक जलविद्युत गृह, स्मारकस्थल, राणाहरूको तत्कालिन विश्रामगृहको अवलोकन पनि गरेका थिए।
शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले भने, “आज मेरो एउटा सपना पूरा भयो। यो ऐतिहासिक स्थानमा स्रष्टा पदयात्रासहित रचना वाचन गर्ने सपना केही वर्ष पहिलादेखि देखेको हो। हाम्रो उमेरका मित्रहरू हिंडन गाह्रो मान्ने भएकाले सवारी साधनमै आएर भए पनि, चार विभिन्न संस्थाहरू मिलेर सम्पन्न गरिएकोमा खुशी लागेको छ।‘
कार्यक्रमपश्चात् कविहरूलाई स्थानीयले नेवारी समेबजी खाजाले स्वागत गरेका थिए भने कविहरूले ऐतिहासिक जलविद्युत गृह, स्मारकस्थल, राणाहरूको तत्कालिन विश्रामगृहको अवलोकन पनि गरेका थिए।