काठमाडौं
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ गतलाङमा आउँदो वैशाख १३ गतेदेखि १५ गतेसम्म तीन दिन ‘याक तथा चौंरी महोत्सव’ आयोजना गरिने भएको छ।
‘हाम्रो शान हाम्रो पहिचान : बुकीको कालो हिरा याक तथा चौंरी संरक्षण आमाछोदिङ्मोको अभियान’ नाराका साथ गाउँको शिरमा अवस्थित आमाछोदिङ्मो (पार्वती कुण्ड)मा महोत्सव गर्न लागिएको हो। महोत्सव आयोजक समितिका प्रचारप्रसार संयोजक फुर्पु सिङ्गी तामाङका अनुसार उक्त अबसरमा याक तथा चौंरी, लोकल हस्तकला, खानेकुरा र कृषि उत्पादनको प्रर्दशन गरिने छ।’

गाउँलेहरू बौद्धमार्गी हुन्। त्यसैले महोत्सवमा सांस्कृतिक झाँकी, लामा नाच, स्याब्रु नाच आदि पनि प्रदर्शन गरिनेछ।
‘महोत्सवकै अबसरमा पार्वतीकुुण्ड, याक चिज कारखाना, प्राचीन गुम्बा दर्शन, ज्यार्सा तेन्जो डाँडा हाइकिङ, रुबी भ्याली पदयात्रा समेत गर्न सकिने छ’, तामाङले एभरेस्ट पेडियासँग भने, ‘महोत्सवले परम्परागत पशुुपालनप्रति सम्मान बढाउन समेत योगदान पु¥याउने आशा गरेका छौं।’

पूर्खादेखि चल्दै आएको परम्परागत चौंरीपालनमा समर्पित किसान तथा गोठालाको मनोबल बढाउँदै यसको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।
‘हामीले गतलाङलाई अर्गानिक हवका रुपमा विकास गर्न चाहेका छौं’, तामाङ भन्छन्, ‘महोत्सवमा आउने पाहुनाले स्थानीय अर्गानिक उत्पादनहरू चिज, आलु, सिमी, सिस्नु, घ्यु, राडिपाखी, पटुका, झोला आदि पनि कोसेलीका रुपमा किन्न पाउने छन्।’

गुुराँसले जङ्गल राताम्मे हुने बेलामा महोत्सव आयोजना गरिएकाले आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
काठैकाठको कालो छाना भएको बस्ती भएकाले गतलाङ ‘ब्ल्याक भिलेज’ का रुपमा चिनिएको छ। यहाँ करिब ६०० घर धुरी छन्। गाउँमा तामाङ र दलित समुदायको बसोबास छ।
महोत्सवका लागि मिङ्मार सोनामको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।
गतलाङ
काठमाडौंबाट १५४ किलोमिटर दुरीमा पर्दछ गतलाङ। काठमाडौंको माछापोखरीबाट बिहान ६ बजे नियमित गतलाङका लागि सार्बजनिक गाडी छुुट्छ। त्यसले दिउँसो तीन बजेतिर गाउँमा पुु¥याउँदछ।
आउनुस् है !
फुर्पु सिङ्गी तामाङ, संयोजक, प्रचार प्रसार समिति
हाम्रो महोत्सव लोकल परिकार चाख्ने अबसर पनि हो। महोत्सवमा अर्गानिक खानेकुरा मार्सी चामलको भात, कोदोको ढिँडो, मासु, सिस्नुको सुप, लोकल मदिरा आदि पाइन्छ। हामीले महोत्सव अवधिमा स्थानीय बाहेक बाहिरका कम्तिमा ५ हजार पाहुनाको सहभागिता हुने आशा गरेका छौं। हाम्रो गतलाङ गाउँ र पार्वती कुण्ड क्षेत्रमा २० ओटा होटल तथा होमस्टे सुुविधा छ। यी दुुई ठाउँमा पाहुना नअट्ने अबस्थामा वरपरका गाउँहरू गोल्जुुङ, चिलिमे थम्बुुचेतका होटल तथा होमस्टेमा बसोबासको व्यवस्था मिलाएका छौं। ती ठाउँमा पाहुनालाई पु¥याउन सवारी साधनको व्यवस्था समेत गर्ने योजना छ।
सम्पर्क : ९८६४९९५१२५

आमाछोदिङ्मो बस्ती



