भोटेकोशी
तिमी शान्त अनि निस्कलङ्क थियौ
दुई देशको सिमानामा आफ्नो पहिचान
खडा गरी जगत उज्यालो बनाउन उधत्त
तिमी किन लासैलासको खानी बन्न पुग्यौं
भोटेकोशी
तिमी आफैंमा संसार चिनाउने प्रकृति हौ
एकाएक तिमीमा त्यस्तो बैमनस्य कसरी पलायो
तिम्रो मन, तिम्रो तन कसरी पहिचान गुमाएर सिनो
खाने सिनाको भण्डार बन्न पुग्यौं ?
तिमीले केही बुझेनौ कि थाहा पाएर चुपचाप बस्यौ
तिमीले धेरैको काख रित्यायौ
सिन्दूर पुछ्यौ
जवर्जस्त बिना दसी प्रमाण परिवारको चिलविल बनायौ
आफ्नो तागत लगाएर ताण्डब नृत्य देखायौ
प्रकृतिको विनास गरायौं
पहिचान मेटायौ भोटेकोशी
तिमीलाई भेट्न
मेरा सारा खुसी थाँती राखेर आएँ
प्रकृतिको छहारीमा तिमी चुम्न चारघण्टा बोटमा
सहेर गरे तर तिमीलाई भेट्न सकिनँ डल्फिन
तिमीले जुल्क्याई जुुल्क्याई जिस्क्याइ रहयोै
तर पनि म हावासँग पंखजोडी खेल्दै तिम्रै आगमनलाई
पछ्याई रहे घरिघरि
अघि घरिपछि गरेर तिम्ले लोभ्याई रहयौ
तर तिम्रो पर्खाइमा मेरा यी प्यालाहरू तड्पिरहे ।
तिम्रो नजरले चुमिरहयौ तर मैले भेट्न सकिनँ
तिर्खाएका मेरा आँखाहरू तिम्रै प्रतीक्षामा
हरबखत तिम्रै प्रतीक्षामा रहिरहनेछु डल्फिन ।
चहलपहल
जमरा छर्ने दिन पनि आयो पोतियो दशैघर
दशैंको बेला रमाइलो मेला पुग्ने भो रहर
कमेरो माटो खनेर ल्याई पोतियो घर पनि
आमाले पिठो तयार पारी पकाउनु स्याल पनि
खुुसीले खुुट्टा भुुइँमा छैन छोराको आगमन
गाउँका सबै आउने भन्दा रमायो मेरो तन
साटेर पैसा ल्याउने है बुढा नयाँ नोट दिने हो
छोरा र छोरीज्वाइँ पनि आउने रमाइलो हुने भो
गाउँमा सबै मिलेर हामी लिङ्गेपिङ खेलौंला
छुुटेका साथी भेटेर फेरी खुसीले रमाउँला
खुुसीले गीत गाउँदै साथी आशिष थापौला
संगी र साथी भएर जम्मा एकै ठाउँ नाचौला
साइंली र कान्छी मिलेर हामी मामा घर जाने हो
खुुसीले पिठो बनाई मिठो मानेर खाने हो
दुुःखलाई बिर्सी खुुसीले गीत गाउने रमाइलो
तिहार पनि आउँछ साथी खेलौंला भैलो
दशैंको बेला संस्कार हाम्ले जोगाउनु पर्छ
बैरभाव छोडी मित्रको गुँड लगाउनु पर्छ
परिकार मिठा पाक्छ घर याद आउने नयाँ तन
कपडा नयाँ लगाई हिँड्दा रमाइलो बालापन
गएका टाढा आफन्तहरू फर्केर आउँछन्
वैरभाव मेटी आशीर्वचन शिरमा लाउँछन्
अहिलेको दशै परिवार मिली रमाइलो गर्नुुछ
समृद्धिको ढोका खोलेर सारै खुसीले भर्नुछ ।
-1792139822.jpg)