जिरी। रङ्गहरूको पर्वको रुपमा परिचित होली पर्वको अवसरमा जिरीमा होली विशेष कार्यक्रम हुने भएको छ ।
जिरी युवा सञ्जालको आयोजनामा जिरी बजारमा फागुन २२ गते साेमबार एक दिने होली विशेष कार्यक्रमको आयोजना गरिने भएको हो ।
कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको कार्यक्रम यस वर्ष भने आयोजना गर्न लागिएको युवा सञ्जालका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिए ।
जिरीको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । उनले भने,‘यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेको छ यहाँको पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो।’
कार्यक्रममा संगितिक प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ । कलकारहरुको विषयमा टुङ्गो लागिनसके पनि स्थानीय कलकारहरुको प्रस्तुती समेत रहने अध्यक्ष खड्काले बताए ।

