काठमाडौं
मुलुकभित्र स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले शनिबार आफ्ना सदस्यहरूलाई धादिङ जिल्ला, धुनीबेंसी नगरपालिका–७ को तोप्लाङ गाउँमा घुमाएको छ।

पदयात्रीहरूलाई सातदोबाटोस्थित निरोगधामबाट कलङ्की हुँदै गोदाममाथि पानीघाटसम्म गाडीमा लगिएको थियो। त्यहाँबाट पदयात्रा सुरु गरियो। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका पदयात्रीहरू लहरै उकालिँदाको दृश्य सुन्दर देखिन्थ्यो।
समूहकी सचिव एवम् योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक राम देवी महर्जनको नेतृत्वमा उनीहरूलाई जङ्गलको ठाडो उकालो चढाएर, पोखरी, हात्ती मौलो हुँदै तोप्लाङ बस्तीसम्म पु¥याइयो।
हाइकिङविज्ञ राम देवी महर्जन
समूहकी सचिव एवम् योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक राम देवी महर्जनको नेतृत्वमा उनीहरूलाई जङ्गलको ठाडो उकालो चढाएर, पोखरी, हात्ती मौलो हुँदै तोप्लाङ बस्तीसम्म पु¥याइयो।
तोप्लाङमा खानापछि भ्यु टावर हुँदै चन्द्रागिरि भन्ज्याङसम्म हिँडाइयो। भन्ज्याङबाट भने गाडीमा फर्काइयो। उनीहरूले पदयात्रामा स्वास्थ्यको मूल मन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ घन्काएका थिए।

जङ्गल बिचको शान्त गोरेटोमा हिँड्न पाउँदा पदयात्री निकै रमाए। उनीहरूलाई तोप्लाङमा स्थानीय लालबहादुर तामाङको घरमा तीन बराबर आहार खुवाइयो। खानामा दुई थरि तरकारी (रायोको साग र बकुल्ला आलुको मिक्स), गुन्द्रुकको अचार, सिस्नुको सुप, मुलाको सलाद र भात खुवाइएको थियो। यसरी तीन बराबर आहार खाँदा कब्जियत हुँदैन।

खानापछि ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी हाइकिङविज्ञ राम देवी महर्जनले एउटा स्वास्थ्यवद्र्धक गीत गाएर सबैलाई नचाइन्।
तामाङ बस्ती तोप्लाङ रमणीय छ। ग्रामीण जीवनशैली अध्ययन गर्न उपयुक्त। तोप्लाङ क्षेत्रबाट काठमाडौं उपत्यका, हिमाली दृश्य र खानीखोला छर्लङ्ग देखिन्छ। गाउँसम्मै कच्ची मोटर बाटो पनि जोडिएको छ। त्यसैले चन्द्रागिरि भन्ज्याङ वा खानीखोला हुँदै सवारी साधनमा पनि तोप्लाङ जान सकिन्छ।

हाइकिङका लागि तोप्लाङ सुन्दर गन्तव्य हो। हाइकिङ रुट सहासिक छ। शनिबार उनीहरूले ठाडै उकालो र ठाडै ओरालो करिब १२ किलोमिटर हाइकिङ गरे। पदयात्रामा स्थानीय पर्यटनकर्मी युवा हेमेन्द्र तामाङले पथप्रदर्शक बनेर सहयोग पुु¥याएका थिए।

स्मरणीय छ, प्रकृतिप्रेमी समूहले हरेक महिनाको दोस्रो र तेस्रो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। प्राकृतिक स्वास्थ्यका पक्षमा पैरवी गर्दै आएको यस संस्थाका कार्यक्रममा सधैं स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। यहाँ जंकफुड, फास्टफुड र मदिरा निषेध हुन्छ।

हामी सहयोग गर्छौं
हेमेन्द्र तामाङ, पर्यटनकर्मी
तपाईं तोप्लाङ घुम्न चाहनुु हुन्छ भने हामीलाई सम्पर्क गर्नुुस, हामी आवश्यक सहयोग गर्नेछौं। तोप्लाङ गाउँ नजिकै चिसापानीमा हामी होमस्टे पनि सुरु गर्दैछौं। आजै आउनु भयो भने पनि खाना र बास सुविधा मिलाउँछौं ।
सम्पर्क : हेमेन्द्र तामाङ, ९८४५९०८९३७
आउनुस् है !
जीवनसाथीका माइलीका साथमा लालबहादुर तामाङ
हाम्रो गाउँमा घुम्न आउनेहरूका लागि हामी खाना र खाजा खुवाउन हरपल तयार छौं। हामी सकेसम्म लोकल खानेकुरा खुवाउँछौं। त्यसैले तपाईंहरूले बेलैमा फोन सम्पर्क गर्नुु भयो भने हामीलाई सजिलो हुुनेछ।
सम्पर्क : ९८६७८०५०७१, लालबहादुर तामाङ





















