काठमाडौं ।
प्रकृतिप्रेमी समूहले आफ्ना सदस्यहरूलाई शनिबार मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ८, पर्ने लटारम्भेश्वरमा स्वास्थ्यवद्र्धक हाइकिङ गराएको छ। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने स्वास्थ्यको मूलमन्त्र मन्त्रोचारण गर्दै उनीहरू त्यहाँ पुगेका।

उचित आहार, विहार र विचार एवम् योग प्रशिक्षक हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा उनीहरूलाई हाइकिङ गराइएको हो।
उचित आहार, विहार र विचार एवम् योग प्रशिक्षक राम देवी महर्जन
ललितपुरको सातदोबाटोस्थित निरोगधामबाट कान्ति राजपथ हुँदै महादेवटारसम्म उनीहरूलाई गाडीमा पुु¥याइएको थियो। त्यहाँबाट उनीहरू जङ्गलको ठाडो उकालो चढेर लटारम्भेश्वर पुगेका हुन्।
पदयात्रा सुुरु गर्नुुअघि ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी समूहकी सचिव राम देवी महर्जनले पदमार्गको जानकारी गराउँदै सहज ढङ्गले पदयात्रा गर्ने तौरतरिकाबारे बताएकी थिइन्।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका हाइकर्सहरू लहरै उकालो चढेका थिए। हरियाली जङ्गलको बाटो उकाली चढ्दा उनीहरू रमाए। डाँडामा लालीगुराँस पनि फूलेको थियो।
ठाउँठाउँमा पानी र फलफुल ब्रेक गर्दै उनीहरू करिब चार घण्टामा लटारम्भेश्वर पुगे। मन्दिरको दर्शनपछि उनीहरूलाई वर डब्लुडाँडाको थाप्लोमा खाना खुवाइयो।

खानामा तीन बराबर आहार एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद खुवाइयो। अन्नमा चिउरा थियो भने तरकारीमा साग, चना र मिक्स तरकारी। साथै सलादस्वरुप उनीहरूले स्याऊ खाएका थिए।
‘यसरी तीन बराबर आहार खाँदा कब्जियत हुँदैन। कब्जियत नभएपछि रोग लाग्दैन’, हाइकिङविज्ञ महर्जनले भनिन्, ‘स्वास्थ्यका लागि गरिने पदयात्रामा मात्र होइन, हरेक दिन हामीले यस्तै स्वास्थ्यवद्र्धक खाना खानु पर्दछ।’

खानापछि उनीहरूलाई तल महादेवटारसम्मै हिँडाइयो। यसरी उनीहरूले करिब १० किलोमिटर पदयात्रा पुरा गरे।
स्मरणीय छ, ‘प्रकृतिप्रेमी समूह’ नेपालमा हाइकिङ जागरण ल्याउने अग्रणी संस्था हो। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ। साथै बेलाबेलामा टे«किङ पनि गराउँछ।

हाइकिङ तथा टे«किङमा स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। मासुु, मदिरा, जंकफुड र फास्टफुड निषेध छ। यस संस्थाले निरोग र आनन्दित रहन व्याबहारिक ज्ञान बाँड्ने विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

लटारम्भेश्वर
हिन्दूहरूका पौराणिक ६४ शिवलिङ्गमध्ये लटारम्भेश्वर एक हुन्। श्रीस्वस्थानी व्रतकथाअनुसार मृत सतिदेवीको शवलाई बोकेर महादेव विभिन्न ठाउँमा पुगेका थिए। उनी जहाँजहाँ पुगे, त्यहाँत्यहाँ सतिदेवीका केही न केही अङ्ग पतन भए। यहाँ आइपुग्दा उनको शिरका जटा अर्थात् कपाल पतन भयो। पछि यहाँ महादेव उत्पन्न भए। त्यसैले यसलाई ‘लटारम्भेश्वर’ भनिएको।


लटारम्भेश्वरलाई नटारम्भेश्वर पनि भनिन्छ। शिव ताण्डव नृत्यसँग पनि यो ठाउँ जोडिएको छ। महादेवले लोकमा ताण्डव नृत्यको प्रचार गर्न भनेर तण्डु ऋषिलाई आदेश दिएका थिए। यहाँ उनले तण्डुलाई ताण्डव नृत्य सिकाएका थिए।
यहाँ वैशाख १ गते र माघे सङ्क्रान्तिका दिन मेला लाग्छ।
प्राकृतिक रुपले समेत लटारम्भेश्वर आकर्षक छ। यहाँबाट नागबेली परेका डाँडापाखा, बेंसीका खेतीबाली र बस्तीको मनमोहक दृश्य देखिन्छ। साथै मौसम खुलेका बेला उत्तरतिर हिमाल टलक्क टल्किन्छन्। मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पादेखि गौरीशंकर हिमालसम्म।
डाँडामा बस्ती छैन। लटारम्भेश्वर क्षेत्रमा सामान्य खाजा पसल छ। डाँडाको काखमा भने होमस्टे सुविधा पनि छ। डाँडामा मोटर बाटो पुुगेको छैन। त्यसैले हाइकिङको विकल्प छैन।

कसरी पुग्ने ?
ललितपुरको लगनखेलबाट चापागाउँ, टीकाभैरब हुँदै कान्ति राजपथको तीनपाने भञ्ज्याङ, छपेली भएर बागमती पुलसम्म ४२ किलोमिटर। पुलबाट ३ किलोमिटर माथि महादेवटारसम्म जम्मा ४५ कि.मि. गाडीमा, समय २.५ घण्टा। महादेवटारबाट पदयात्रा। करिब ३.५ घण्टा उकालो चढेपछि लटारम्भेश्वर मन्दिर पुगिन्छ।
पदमार्गः महादेवटार–लटारम्भेश्वर ५ किलोमिटर ।
जम्मा पदयात्रा दुरीः १० कि.मि. ।
पदयात्रा समयः करिब ६ घण्टा ।































-1775983855.jpg)