काठमाडौं
नेपालमा पन्छी संरक्षणका विभिन्न काम गर्दै आएको अग्रणी संस्था ‘नेपाल पन्छी संरक्षण संघ’ ले चरा संरक्षणको सन्देशसहित नयाँ वर्षको जानकारी दिने क्यालेन्डर प्रकाशन गरेको छ। यसमा चरा अध्येताहरूले खिचेका सुन्दर तस्बिरहरू समेटिएको छ।
क्यालेन्डरमा हठन चौधरीको ‘पितहरित झाडिफिस्टो’, पूजा लामाको ‘निलटाउके खञ्जरी’, सङ्गेम रुम्बाको ‘लामपुच्छे्र बुङ्गेचरा’, उमंगजंग थापाको ‘भूमिचर निलकण्ठ’, प्रशन श्रेष्ठको ‘सानो खैरो गिद्ध’, विनय श्रेष्ठको ‘चाँदिकाने मिसिया’, विकास ठकुरीको ‘भुँदाले तोरीगाँडा’, निशान बरालको ‘सिबिया’, गंगाराज सुनुवारको ‘मण्डारिन हाँस’, प्रताप गुरुङको ‘लालटाउके गरुड’, सुदीप केसीको ‘खोया हाँस’ र आयुषमान कायस्थको ‘हिउँजुरे तोरीगाँडा’ चराका तस्बिरहरू क्रमशः वैशाखदेखि चैत महिनासम्मका पृष्ठमा छापिएका छन्।

नेपालमा ९०२ प्रजातिका चरा पाइन्छ। तीमध्ये नेपालको रैथाने चरा काँडे भ्याकुर हो। ‘बर्डवाचिङ टुरिजम’ नेपालको विशेष प्रोडक्ट हो।
‘क्यालेन्डर मार्फत् पनि चरा संरक्षणको सन्देश दिन सकिन्छ’, संघका कोषाध्यक्ष सुदर्शन कार्की भन्छन्, ‘प्रकृतिका सुन्दर सिर्जना चरा हाम्रा साथी हुन्। यिनलाई माया गरौं।’
सोमबार चराप्रेमीहरूको उपश्थितिमा काठमाडौंको लाजिम्पाटस्थित ‘कोथिना मिठो छ’ क्याफेमा क्यालेन्डर सार्बजनिक गरियो। कार्यक्रममा संरक्षणविद् कार्की, बरिष्ठ फोटोग्राफर सुदीप के.सी., संघका महासचिव अशोक मल्ल र संघका अध्यक्ष विमलकुमार थापाले चराको महत्वका विषयमा चर्चा गरेका थिए।
संरक्षणविज्ञहरु
स्मरणीय छ, ‘नेपाल पन्छी संरक्षण संघ’ पन्छी र जैविक विविधता संरक्षणमा काम गर्ने संस्था हो। सन् १९८२ मा स्थापित यस संस्थाले चरा र तिनको बासस्थान संरक्षणमा कम गर्दै आएको छ। संघका अध्यक्ष थापा भन्छन्, ‘हाम्रो लक्ष्य भनेकै पन्छी तथा जैविक विविधताले सम्बृद्ध नेपाल बनाउने र जिविकोपार्जनमा टेवा पु¥याउने हो।’
हेर्नुहोस् बिसिएनले प्रकाशन गरेको क्यालेन्डर











