काठमाडौं ।
पाँच दशकभन्दा लामो समयदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पु¥याउँदै आएकी नारी रत्न उषा शेरचन ७१ वर्षको उमेरमा समेत तन्नेरीझैं सक्रिय छिन्।
स्रष्टाहरू दुर्गा बराल, सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचन र प्रकट पगेनी ‘शिव’
उनी मन, वचन र कर्मले सधैं सकारात्मक ऊर्जा प्रवाह गर्छिन्। किशोर वयमै कविता लेखेर विद्रोहको उकाली चढेकी उनले सफलताको शिखर चुमिन्। त्यसैले आज उनी धेरैको प्रेरणापुञ्ज बनेकी छिन्।
हेर्नुहोस् भिडियो
उनी गीत, कविता, मुक्तक, कथा, र उपन्यास लेख्छिन्। तर, दुनियाँले उनलाई ‘मुक्तक साम्राज्ञी’ भनेर चिन्छ।

उनी जीवन र जगतका अनुभूतिहरू प्रभावशाली रुपमा मुक्तकमा ढाल्न खप्पिस छिन्। उनका दुई ओटा मुक्तकसङ्ग्रह प्रकाशित छन्, ‘अक्षरहरुका शिबिरबाट’ र ‘त्रासदीका हिमनदी’।


उनका दुई ओटा कवितासङ्ग्रह ‘नजन्मेका आस्थाहरू’ एवम् ‘सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ छन्।


साथै दुईओटै कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ र ‘बेग्लै म’ प्रकाशित छन् । त्यस्तै एउटा उपन्यास ‘आधी’ पनि।


अर्को मुक्तकसङ्ग्रह र कथा प्रकाशन नगर्ने उनले घोषणा गरिसकिन्। भन्छिन्, ‘नयाँलाई हामी पुरानाले ठाउँ छोड्दै जानुपर्छ ।’

उनका केही गीत रेडियोमा बज्छन् भने ६ ओटा गीति एल्बमहरू–‘अभीप्सा’, ‘सञ्चयन’, ‘मेरो माटो मेरो गीत’, ‘संवेदन’ र ‘आकाश छुने रहर’ हुन्।

साहित्य समाजको ऐना हो। उनी जीवनका उज्याला र अँध्यारा पाटा उत्खनन् गर्छिन्। तिनलाई साहित्य मार्फत् लोकार्पण गर्छिन्। कविता, गीत र मुक्तकमा भन्दा आख्यानमा विस्तुत रुपमा विषयबस्तु पस्किन सकिने उनको अनुभव छ। त्यसैले उनी आख्यान लेख्छिन्। भन्छिन्, ‘आफूले भोगेका, देखेका र अनुभव गरेका कुरा मैले कथामा पस्केकी हुँ।’

उनको व्यक्तित्व हार्दिक छ। अग्रजप्रति सम्मान, समकालीनको प्रशंसा र अनुजहरूको प्रोत्साहन उनका विशेषता हुन्।

यिनै साहित्यकार शेरचनसँग कवि, निबन्धकार एवम् उपन्यासकार अनुपम रोशीले भलाकुसारी गरेकी छिन्।
परिवारका साथमा उषा शेरचन